रसुवाको बाढी प्रभावित नेपाललाई भारतको ३० टन राहत

IMG-20260826-WA0100

काठमाडौं: रसुवा जिल्लामा आएको विनाशकारी बाढीपछि भारतले नेपालका प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यका लागि करिब ३० टन राहत सामग्री पठाउने भएको छ। भारत सरकारले आवश्यक सामग्री शीघ्र नेपाल पुर्‍याउन भारतीय वायुसेनाका दुई विमान परिचालन गर्ने तयारी गरेको छ। पहिलो विमान बुधबार नै राहत सामग्रीसहित नेपालतर्फ उड्ने र अर्को विमान बिहीबार पठाउने तयारी छ। बाढीका कारण रसुवा, धादिङ र नुवाकोट प्रभावित भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार रसुवामा बाढीपछि ३८४ यात्रु बेपत्ता छन्। तीमध्ये २९१ विदेशी र ९३ नेपाली नागरिक रहेका छन्। बेपत्तामध्ये १०५ भारतीय र ३७ गैरआवासीय भारतीय नागरिक छन्। अन्य बेपत्तामा अमेरिका, बेलायत, मलेसिया, अस्ट्रेलिया, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सका नागरिक छन्। राहत सामग्रीले उद्धार तथा प्रभावितलाई आवश्यक सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

About Author

Advertisement