खरसाङ: मुस्लिम समुदायको तर्फबाट मोहम्मदको १५०१औं जन्मजयन्तीको अवसरमा खरसाङमा ऱ्यालीको आयोजना गरिएको छ। उक्त ऱ्याली खरसाङको अञ्जुमिया इस्लामियाबाट शुरु भएर टुरिस्ट लजसम्म पुगेर मन्टिभियट हुँदै पार्क लोकेशन भएर पुनः अञ्जुमिया इस्लामियासम्म आयोजना गरिएको छ। मोहम्मदको जन्मजयन्तीको अवसरमा खरसाङ लगायत पहाडको विभिन्न स्थानहरुमा मुस्लिम समुदायको आयोजनामा ऱ्यालीको आयोजना गरिएको छ। उक्त ऱ्यालीमा मुस्लिम समुदायको मानिसहरुले मुस्लिम समुदायको पहिरनमा भाग लिएका थिए भने यसमा मुस्लिम समुदायको नानीहरु लगायत सबैले भाग लिएका थिए। मोहम्मदको जन्मजयन्तीको अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ जामा मस्जिदका मौलाना महम्मद जैनुलिद्दीनले विस्तृत रुपमा जानकारी गराएका छन्।









