अभिनेत्री पावली दाम सहभागी
सिलगढी: विवेकानन्द स्पोर्टिङ क्लबको ७५औँ वर्षमा यस वर्ष काली पूजा भव्यताका साथ आयोजना गरिएको छ। क्लबले यस वर्ष पनि भव्य र आकर्षक पुजा पण्डल निर्माण गरेको छ। सिलगढीका मेयर गौतम देवले पूजाको उद्घाटन गरे। यस अवसरमा सिलगढी पुलिस आयुक्त अखिलेश चतुर्वेदी, अभिनेत्री पावली दाम र अन्य प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।यस विशेष अवसरमा अभिनेत्री पावली दामले अन्य भक्तजनसँगै धुनुचीसँग नाचिन्।