मुख्यमन्त्री पेमा खाण्डूद्वारा बधाई
ईटानगर: अरूणाचल प्रदेशले फेरि एकपटक राष्ट्रिय स्तरमा गौरव हासिल गर्दै ‘राष्ट्रिय शिक्षक पुरस्कार–२०२६’ प्राप्त गर्न सफल भएको छ। नाहार्लागुनस्थित जी-सेक्टर (जी-सेक्टर, नाहार्लागुन, पापूम पारे) सरकारी माध्यमिक विद्यालयकी प्रधानाध्यापिका याकु तामे यस प्रतिष्ठित पुरस्कारका लागि चयन भएकी हुन्।
अरूणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै प्रधानाध्यापिका याकु तामेलाई बधाई ज्ञापन गर्नुभएको छ। मुख्यमन्त्री खाण्डूले शिक्षा क्षेत्रमा तामेले पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै यो राष्ट्रिय सम्मान उनको उत्कृष्ट सेवा र समर्पणको उचित मूल्यांकन भएको बताउनुभएको छ। यस सफलताले अरूणाचल प्रदेशको शैक्षिक जगत्मा नयाँ उत्साह थपेको छ।









