सिक्किमकी सिर्जना क्षेत्रीद्वारा रूपा कुमारीलाई बधाई
गान्ताेक: सिक्किम भाजपा महिला मोर्चाकी अध्यक्ष एवम् गान्ताेक नगर निगमकी काउन्सिलर सिर्जना क्षेत्रीले नयाँ दिल्लीमा आयोजित नयाँ नियुक्त भाजपा राष्ट्रिय महिला मोर्चा अध्यक्ष रूपा कुमारी चौधरीको पदभार ग्रहण समारोहमा सहभागिता जनाउनुभएको छ। कार्यक्रमका क्रममा क्षेत्रीले नवनियुक्त अध्यक्ष चौधरीलाई बधाई दिँदै उनको नेतृत्वमा महिला मोर्चाले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभएको छ।
सोही अवसरमा क्षेत्रीले पूर्व राष्ट्रिय महिला मोर्चा अध्यक्ष वानथी श्रीनिवासनसँग पनि भेटघाट गर्नुभएको छ। भेटमा उनले श्रीनिवासनको मार्गदर्शन तथा संगठन सुदृढीकरण र महिला सशक्तिकरणमा पुर्याएको योगदानको प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो। साथै, सिक्किममा महिला मोर्चालाई थप मजबुत बनाउँदै सार्वजनिक जीवनमा महिलाहरूको सहभागिता र सशक्तिकरण प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहेको सिर्जना क्षेत्रीले स्पष्ट पार्नुभएको छ।










