असम: राज्यमा अङ्गनवाडी पूर्वाधारको तीव्र विकास

FB_IMG_1787590483028

१०० दिनमा २२१ नयाँ केन्द्रकाे निर्माण सम्पन्न

गुवाहाटी: बालबालिकाको मुस्कान र आमाको स्वास्थ्य नै स्वस्थ तथा शक्तिशाली असमको आधार स्तम्भ भएको स्पष्ट पार्दै असम सरकारले राज्यका अङ्गनवाडी केन्द्रहरूलाई थप सुदृढ बनाउने कार्यलाई तीव्र पारेको छ।
असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले दिएको जानकारीअनुसार असम सरकारले विगत १०० दिनको अवधिमा २२१ वटा नयाँ अङ्गनवाडी केन्द्रहरूको निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।
​मुख्यमन्त्री सरमाले यो कदम केवल पूर्वाधार निर्माणको सङ्ख्या मात्र नभई असमका प्रत्येक बालबालिकाको उज्ज्वल भविष्य र प्रत्येक आमाको कल्याणप्रतिको राज्य सरकारको प्रतिबद्धताको प्रतीक भएको बताउनुभएको छ। असमभरि निर्माणाधीन ९,०५४ वटा केन्द्रहरूमध्ये हालसम्म ४,५६० वटा अङ्गनवाडी केन्द्रहरूको निर्माण कार्य पूर्ण भइसकेको छ। सरकारको यो प्रयासले राज्यका गाउँ-गाउँसम्म आमा र बालबालिकाको पोषण तथा प्रारम्भिक शिक्षाको पहुँचलाई थप बलियो बनाउने विश्वास लिइएको छ।

About Author

Advertisement