खरसाङको भिक्टोरिया बोइस स्कूलमा नेपाली भाषा मान्यता दिवस सामरोह सम्पन्न

IMG-20260821-WA0077

हामीले हाम्रो भाषालाई आदर र माया गरेर लेख पढ् गर्नुपर्छ: डा. योगेस खाती

खरसाङ: खरसाङको भिक्टोरिया बोइस स्कूलमा ३५औँ नेपाली भाषा मान्यता दिवस सामरोह सम्पन्न भएको छ। उक्त समारोह भिक्टोरिया स्कूलका प्रधान अध्यापक मलय शाहको अध्यक्षतामा र शिक्षिका भूमिका छेत्रीको सञ्चालनमा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सोनादा डिग्री कलेजका प्राचार्य डा. योगेस खाती, डाउहिल स्कूलकी प्रधान अध्यापिका सिमा अली, गोर्खा जनपुस्तकालय खरसाङका उपाध्यक्ष प्रकाश प्रधान, कलाकार प्रेम गन्धर्व, आकाशवाणी खरसाङका वरिष्ठ उदघोषक उमेश कार्कीढोली, सन्दीप प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्वलन साथै राष्ट्रिय गीत बन्दले मातरम् गाएर शुरु गरिएको कार्यक्रममा स्वागत सम्भाषण प्रधान अध्यापक मलय शाहले राखेका थिए।

कार्यक्रममा विद्यार्थी नानीहरुले गीत, कविता, नृत्य प्रस्तुत गरेका थिए। यस अवसरमा शिक्षक शिक्षिकाहरुले पनि समूह गीत प्रस्तुत गरेका थिए भने विद्यार्थीहरुले पनि समूह नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा अतिथि कलाकार प्रेम गन्धर्वले जातीय वाद्य वादन सारङ्गीमा धुन प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाली भाषा मान्यताको आन्दोलन र नेपाली भाषा मान्यताको इतिहास विवरण विशिष्ट अतिथिको रुपमा उपस्थित सोनादा डिग्री कलेजका प्राचार्य एंव वरिष्ठ साहित्यकार डा. योगेस खातीले प्रस्तुत गरेका थिए। उनले विद्यार्थीहरुलाई सम्बोधन गर्दै आफ्नो भाषामा लेख्न र पढ्न गर्व गर्नु पर्ने र भाषाको संरक्षण गर्न पर्ने बताएका छन्। उनले भने, विद्यार्थीहरुले गर्वको साथमा आफ्नो भाषामा लेख्नु र पढ्नुपर्छ। युवा पिँढीले आफ्नो भाषालाई माया गर्नुपर्छ र संरक्षण र सम्बर्द्धन गरेर लानुपर्छ। हामीले हाम्रो भाषालाई आदर गर्नुपर्छ। आफ्नो भाषालाई माया गरेर लेख पढ् गर्नुपर्छ र आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ।’
उनले नेपाली भाषा मान्यता आन्दोलन र २० अगस्त १९९२ मा नेपाली भाषाले मान्यता पाएसम्मको विवरण विद्यार्थीहरुका‌ लागि अंग्रेजी भाषामा नै प्रस्तुत गरेका थिए।

कार्यक्रममा धन्यवाद ज्ञापन नेपाली भाषाको शिक्षक एंव नेपाली भाषा मान्यता दिवस कार्यक्रमको संयोजक देवप्रकाश शंकरले प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा विद्यालयको तर्फबाट जातीय खाद्यान्नहरु र जातीय वाद्य वादनहरु पनि प्रदर्शन गरिएको थियो। यस नेपाली भाषा मान्यता दिवस सामरोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भिक्टोरिया बोइस स्कूलका नेपाली भाषाका शिक्षक एंव कार्यक्रमको संयोजक देवप्रकाश शंकरले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरु र कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका छन्। उनले स्कूलमा पहिलोपटक नेपाली भाषा मान्यता दिवस सामरोह आयोजना गरिएको जानकारी गराएका छन्। उनले यस अवसरमा जातीय खाद्यान्न र जातीय वाद्य वादनहरु पनि प्रदर्शन गरिएको जानकारी गराएका छन्।

About Author

Advertisement