खरसाङ: आसाम बाढ पिढीतहरुका सहयोग संकलन गर्न हेतु गठन गरिएको संकट साथी संस्थाका समीक्षा सभा सम्पन्न भएको छ। सभालाई संस्थाका सदस्य राज तामाङले सञ्चालन गरेका थिए। सभाका मुख्य उद्देश्य विगत ९ अगस्तदेखि आसाम बाढ प्रवाभित क्षेत्रका परिवारहरूका निम्ति भनेर अर्थ सङ्ग्रह अभियान चालिएको थियो जुन मंगलबार समाप्त भएका जानकारी दिनु अनि के कति अर्थ सङ्ग्रह भयो त्यस विषयमा सार्वजनिक पार्न सभा बसेका जानकारी राज तामाङले गराएका छन्। यसै सन्दर्भमा उनले बोल्दै जे जति पनि सामग्री अनि अर्थ सङ्ग्रह भएका छन् ती सबै आगामी २१ अगस्त यहाँदेखि आसाम शिव सागर बाढ प्रभावित क्षेत्रमा पुर्याउने निर्णय लिएका पनि थप जानकारी गराएका छ। राज तामाङले यस विषयमा भने, त्यहाँका वर्तमान स्थितिलाई बुझ्दा पीडित परिवारहरूलाई सामग्रीको साथ साथै अर्थको पनि धेरै खाँचो भएको थाहा लागेपछि सभाले उठेका रकम एकदमै तल्लो दर्जाका परिवारहरूमा वितरण गरी दिने पनि जानकारी गराएका छन्। यसको साथै धेरै सामग्रीहरुमध्ये राशन, लुगा, जुत्ता, ओड्ने ओछ्याउने जस्ता सामानको पनि जरुरत परेका परिवारलाई वितरण गर्ने सभाले पारित गरेका छन्।
उनले आसाम पुगेर सम्पूर्ण जानकारी प्रत्येक जग्गाका नाम जसले पनि सहयोग गरेका छन् सार्वजनिक गर्ने पनि थप जानकारी दिएका छन्।










