खरसाङ: खरसाङ बजार अन्तर्गत वार्ड नम्बर ८ अस्पताल मोडको डाक बंगलास्थित अरबिन्द सामाजिक संस्थानको साधारण सभा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता बलराम थापाले गरेका थिए भने सभालाई पेम्बा योञ्जनले सञ्चालन गरेका थिए। यस सभाको मुख्य उद्देश्य पुरानो समितिलाई बिघटन गरेर नयाँ कार्यकारी समिति गठन गर्नु रहेको थियो। सभामा अध्यक्ष बलराम थापाले आफ्नो सम्बोधनमा विभिन्न विषयमा वक्तव्य राखेका थिए। सभामा सचिव सुधीर गुरुङले संस्थानको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने समितिकी कोषाध्यक्षा मिना मुखियाद्वारा संस्थानको आय व्ययको हर हिसाब प्रस्तुत गरेका थिए। सभामा विभिन्न विषयमा छलफल र चर्चा परिचर्चा गरेपछि अध्यक्षद्वारा पुरानो कमिटी विघटन गरिएको घोषणा गरेका थिए। त्यसपछि नयाँ कार्यकारी समिति गठनको लागि प्रक्रिया शुरु गरिएको थियो। यस नयाँ कार्यकारी समिति छनौट प्रक्रियाको लागि पर्यवेक्षकको रुपमा दिनेश थापा र गणेश शाहलाई चयन गरिएको थियो। दुवैको पर्यवेक्षीयतामा नयाँ कार्यकारी समितिको २१ जनाको कार्यकारी समिति चयन गरिएको छ। यस नयाँ कार्यकारी समितिमा अध्यक्ष पेम्बा योञ्जन, उप सभापति अन्जन सुब्बा, मूल सचिव किशोर प्रधान, सह सचिव गोपाल प्रधान, कोषाध्यक्ष मिना मुखिया, सह कोषाध्यक्ष नमिता थापा, सल्लाहकारमा एसबी सुनवार र अडिटमा सञ्जय थापालाई चयन गरिएको छ।









