पहिरोले ताथाङ–मेली–आछिङ सडक अवरुद्ध

FB_IMG_1786972337442

मन्त्री छिरिङ टी. भुटियाद्वारा स्थलगत निरीक्षण

​ग्याल्सिङ: सिक्किमका पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा उद्योग मन्त्री एवं युक्सम-तासिदिङ क्षेत्रका विधायक छिरिङ टी. भुटियाले अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको ताथाङ–मेली–आछिङ सडक खण्डको स्थलगत निरीक्षण गरेका छन्।
​लगातारको भारी वर्षापछि आएको ठूलो पहिरोले मेली-आछिङ जिपियु जोड्ने प्रमुख सडकको ठूलो हिस्सा बगाएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।
​निरीक्षणका क्रममा मन्त्री भुटियाले पहिरोले पुर्‍याएको क्षतिको विस्तृत अवलोकन गर्दै प्रभावित क्षेत्रमा यथाशीघ्र सडक मर्मतसम्भार गरी यातायात सुचारु गराउन सम्बन्धित विभागका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

उक्त निरीक्षण टोलीमा पर्यटन तथा नागरिक उड्डयन विभागका ओएसडी मिङ्मा लेप्चा, युक्समका बीडीओ सन्मान सुब्बा, जिल्ला पञ्चायत सदस्य सावित्री राई, कनिष्ठ अभियन्ता (जेई) तथा ग्राम पञ्चायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
​सडक निरीक्षण पश्चात् मन्त्री भुटियाले त्यस क्षेत्रका अन्य सार्वजनिक पूर्वाधारहरूको समेत भ्रमण गरी वस्तुस्थितिको समीक्षा गरेका थिए।

About Author

Advertisement