महिला हकी विश्व कपमा भारतीय टोली ड्र-मा रोकियो

IMG-20260816-WA0111(1)

नयाँ दिल्ली: भारत र चीनबीच खेलिएको महिला हकी विश्व कप २०२६-को रोमाञ्चक म्याच २-२-को ड्र-मा समाप्त भयो। एम्सटलवीन (नीदरल्याण्ड)-को वेगेनर हकी स्टेडियममा खेलिएको पूल डी-को यस म्याचमा भारतले दुईपल्ट बढ़त हासिल गरे पनि चीनले दुवैपल्ट पुनरागमन गरेर स्कोर बराबरीमा पुऱ्यायो। म्याचमा भारतको निम्ति नवनीत कौर र दीपिकाले गोल गरिन्। यसरी चीनको तर्फबाट झांग यिंग र मा निंगले गोल गरिन्। यस ड्र-को साथ दुवै टोलीलाई १-१ अंक हासिल भयो। विश्व ऱ्याङकिंगमा नवौं स्थानमा रहने भारतलाई नवनीत कौरले नवौं मिनटमै मैदानी गोल गरेर भारतलाई बढ़त दिलाइन्। चीनले पनि पहिलो क्वार्टरको अन्तिम सेकेण्डमा बराबरी हासिल गऱ्यो। झांग यिंगले पेनल्टी स्ट्रोकलाई गोलमा परिणत गरी स्कोर १-१ को बराबरीमा पुऱ्याइन्। दोस्रो क्वार्टरमा भारतले फेरि एकपल्ट बढ़त हासिल गऱ्यो। दीपिकाले २५औं मिनटमा पेनल्टी कर्नरबाट गोल गरिन्। त्यसपछि भारतले चीनलाई दबाउमा राख्ने प्रयास जारी राख्यो। तेस्रो क्वार्टरमा चाहिँ चीनले मा निंगको गोलको सहायताले स्कोर २-२-को बराबरीमा पुऱ्यायो। त्यसपछि रहल समयमा थप गोल हुन सकेन।

About Author

Advertisement