अहिले पहाडमा जनताको आवाज खोसिएको छ र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा जनताको आवाज बनिनुपर्छ: अनित थापा

c70b20c7-c215-4a93-81b4-e2acc928755d

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी एउटा नयाँ सोच र विचार लिएर आएको पार्टी हो। यस पार्टीको विचार र सोचलाई पहाडमा मर्न दिनु हुँदैन।‌ अहिले पहाडमा जनताको आवाज खोसिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा जनताको आवाज बनिनुपर्छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं पूर्व जीटीए प्रमुख अनित थापाले बताएका छन्। उनले उक्त कुरा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको आयोजनामा घैयाबारीमा सम्पन्न सांगठनिक सभामा बताएका छन्। तीनधारे महानदी समष्टिको घैयाबारीमा आयोजित सांगठनिक सभामा बोल्दै भने, मैले जीटीएको कुर्सी त्यागेपछि पहिलोपटक तीनधारे महानदी समष्टिको पार्टी कार्यकर्तसहरुसित सांगठनिक सभा गर्दैछु। हामीले हाम्रा पार्टी कार्यकर्ताहरुलाई ठूलो ठूलो पदहरु र चौकी दिएका थियौं। तर उहाँहरु जानु भए पनि उहाँहरुको मनमा कतै न कतै होला यो पद र चौकी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दिएको हो भनेर। तर उहाँहरु पनि हाम्रै गोर्खे दाजु भाइ दिदी बहिनीहरु हुन् र हामीले गाली गर्नु हुँदैन। किनभने हामी राम्रो राजनैतिक संस्कार लिएर जन्मेको पार्टी हो त यस्तो संघर्ष त मैले कति गरे कति।’
“पहाडमा जनताको आवाज खोसिएको छ।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभामा पार्टीका केन्द्रीय अध्यक्ष अनित थापाले भने, ‘हामी रचनात्मक अनि व्यवहारिक राजनीति पट्टि नै जानुपर्छ। हाम्राे विचारधारा बाँच्नु पर्छ। यो विचार बाँच्यो भने यही विचारले अर्को विचार जन्माउनेछ। हामी चुनावमा फेरि उठ्नु पर्छ।”
थापाले गोर्खाको मुद्दा पार्टीकाे प्राथमिकता भएको बताउँदै भने, “आगामी दिनमा बिजीपीएम पार्टीले बिजेपीका एमएलए अनि सांसदहरुलाई भेटेर गोर्खाको जातीय मुद्दालाई अघि लैजान ज्ञापन पत्र बुझाउनु देखि नयाँ पहल सुरु गर्नेछ। बीजेपीसँग हाम्रो विचारधारा मिल्दैन। तर पहाडबाट केन्द्रमा गोर्खाल्याण्डको आवाज लैजाने सांसद हुन् भने राज्यमा त्यो आवाज पुर्याउने एमएलए हुन्। यी दुवै बीजेपीको छ। त्यसैले जब जातीय मुद्दाको कुरा उठ्छ हामी उनीहरूसँग मुद्दालाई अघि बढाउन एउटै मञ्चमा पनि उभिन सक्छौ।”
पार्टीे छोडेर गएका निर्वाचित सभासद् अनि पञ्चायतका सदस्यहरू माथि टिप्पणी गर्दै उनले भने, “बिजीपीएम पार्टी सोच अनि नयाँ विचारधारा लिएर जन्मेको पार्टी हो। यही सोच अनि विचारधारालाई अघि राखेर हामीले पञ्चायत देखि जीटीए सम्ममा नेतृत्वहरू जन्माएर पठायौं। आज त्यही नेतृत्वहरूले गाउँ अनि क्षेत्रको विकास गर्न लागेका छन्। कतिपय निर्वाचित नेतृत्वहरू अहिले हामीसँग छैनन्। तर उहाँहरुलाई सदैव लागिरहन्छ कि यो नेतृत्व दिने बिजीपीएम पार्टी नै हो। जानेहरू पनि हाम्रै गोर्खे सन्तान हुन्। उहाँहरूको विरोधमा केही नभनौ। उनीहरूको पछि लागि लाग्दा हामीले मूल मुद्दा नै बिर्सि पठाउँछ।”
सुविधा अनि सङ्घर्षको राजनितीको कुरा उठाउँदै थापाले भने, “हामी विचारधाराको पार्टी हौँ। पार्टीले सुरुदेखि नै सङ्घर्ष गर्दै आएको छ। अनि संघर्ष गरि नै रहनेछ। पार्टीमा सङ्घर्ष गर्ने पनि छन् अनि सुविधावादीहरू पनि छन्। म चाहिँ परे सङ्घर्ष गर्ने। सुविधावादीहरू चाँडै निमिट्यान्न भएर जान्छन्। तर संघर्ष गर्नेहरू लामो रहन्छ।”
थापाले अझ भने, “नेतृत्वले समय अनुकूल नेतृत्व दिनुपर्छ। जुन समयमा पहाडलाई विकासको खाँचो थियो, त्यो समय हामीले विकासका कार्यहरु गर्यौ। अनि त्यसैलाई प्रोत्साहन दियौं। अहिलेको समय जातिको मुद्दा पूरा गर्ने अनुकूल समय भएको छ। त्यसैले हामी गोर्खाको जातीय मुद्दालाई लिएर अघि बढेका छौं।” उनले अझ भने, “हामीले विगतको चुनावमा क्षेत्रीयताको मुद्दा लिएर चुनाव लड्यो। तर जनताले क्षेत्रीयता भन्दा पनि ठूलो गोर्खाल्यान्डको मुद्दा हो भन्ने ठान्यो। उहाँहरूको जनमतलाई मैले स्वीकार गरेर, सम्मान गरेर जीटीएको कुर्सी छोडेको हुँ। कुर्सी छोडेर जातीय मुद्दाको पछि लाग्नुपर्छ भन्ने मेरो सोच हो। जहाँ पनि जातीय मुद्दाको कुरा उठ्छ त्यहाँ बिजीपीएम पार्टीको समर्थन रहन्छ भनेर मैले बारम्बार भनिसकेको छु।”
उनले थप भने, “तर वर्तमान पहाडको राजनीतिलाई हेर्यौं भने आज पनि अर्को पार्टीलाई होच्याउने, दोष्याउने, तिरस्कार गर्ने राजनीति नै चलिरहेको छ। यस्तै चलिरह्यो भने हामी यसपालि पनि झुक्किनेछौं। आजको समय सबै गोर्खाहरू एकताबद्ध हुने समय हो।”
बिजीपी एम समस्याको समाधान खोज्नुको निम्ति जन्मेको पार्टीे हो भन्दै उनले भने, “आक्रोशले कहिले राजनीति गर्नु हुँदैन। आक्रोशले कहिले सफलता ल्याउँदैन। समाधान जोशले होइन होशले हुन्छ। पहाडमा बिजीपीएम पार्टीको कार्यकर्ताभन्दा बढी कार्यकर्ता कुनै पार्टीको छैन। हामी आत्तिने कुरा नै छैन। आज पनि १,७६ हजार मतदाताहरूले रुचाएको पार्टीमा अधिकांश मानिसहरुले अनि थापालाई पर्खेर बसेको छ।”

About Author

Advertisement