हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टि जोनल‌ कमिटी गठन

07811f90-6a2d-49cf-bd62-2e366b91f770

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे महानदी समष्टि जोनल‌ कमिटीको पूर्णाङ्क कमिटी गठन गरिएको छ। उक्त जोनल कमिटी १५ वटा चियाबारीहरुलाई लिएर गठन गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको उपस्थितिमा जोनल कमिटीको सभापति राजेस थापा, उप सभापति राजेस शेर्पा, पूर्ण लामा र रबीन मंगर, सचिव सुकवीर राई, सह सचिव सन्तोष गुरुङ, लोकेश थापा, दिवस वाईबालाई चयन गरिएको छ भने कोषाध्यक्ष राजेन्द्र प्रधान अनि सल्लाहकारमा सागर गुरुङ, जनक छेत्री र राजीव थापासहित कार्यकारी सदस्यहरु चारजना गरेर पूर्णाङ्क कमिटीमा विभिन्न पदाधिकारीहरु पनि चयन गरिएको छ। सबै पदाधिकारीहरुलाई पार्टी अध्यक्ष अनित थापाको बाहुलीबाट नियुक्ति पत्र पनि प्रदान गरिएको छ। यसको साथै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय समितिको कार्यकारी अध्यक्षको रूपमा शेखरचन्द्र प्रधानलाई पनि नियुक्त गरिएको छ। उनलाई पनि पार्टी अध्यक्ष अनित थापाको बाहुलीबाट नियुक्ति पत्र प्रदान गरिएको छ। तीनधारे महानदी समष्टिको जोनल कमिटी गठन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement