युवाहरूका लागि रोजगारीलाई प्राथमिकता दिन आग्रह
गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) र स्टेट बैंक अफ इन्डिया (एसबीआई) का वरिष्ठ अधिकारीहरूबीच मिन्तोकगाङस्थित मुख्यमन्त्रीको सरकारी निवासमा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्ताका क्रममा मुख्यमन्त्री तामाङले सिक्किममा एसबीआई बैंकको कार्यसम्पादन, विशेष गरी सरकारी प्रायोजित योजनाहरू, कृषि, सूक्ष्म, साना तथा मझौला उद्योग (एमएसएमई) र वित्तीय समावेशीकरण (फाइनेंशियल इंक्लूजन) का क्षेत्रमा बैंकले गरिरहेको कामबारे विस्तृत छलफल गरेका छन्।
सो अवसरमा मुख्यमन्त्री तामाङले बैंकले पुर्याउँदै आएको समर्पित सेवाको प्रशंसा गर्दै सिक्किमका युवाहरूका लागि रोजगारीका अवसरहरूलाई प्राथमिकता दिन आग्रह गरे।
भेटघाटका क्रममा एसबीआईका अधिकारीहरूले मुख्यमन्त्री तामाङलाई मायाको चिनो समेत प्रदान गरेका थिए।










