मुख्यमन्त्री र एसबीआईका वरिष्ठ अधिकारीहरूबीच भेटवार्ता

FB_IMG_1786890823121

युवाहरूका लागि रोजगारीलाई प्राथमिकता दिन आग्रह

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) र स्टेट बैंक अफ इन्डिया (एसबीआई) का वरिष्ठ अधिकारीहरूबीच मिन्तोकगाङस्थित मुख्यमन्त्रीको सरकारी निवासमा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
​भेटवार्ताका क्रममा मुख्यमन्त्री तामाङले सिक्किममा एसबीआई बैंकको कार्यसम्पादन, विशेष गरी सरकारी प्रायोजित योजनाहरू, कृषि, सूक्ष्म, साना तथा मझौला उद्योग (एमएसएमई) र वित्तीय समावेशीकरण (फाइनेंशियल इंक्लूजन) का क्षेत्रमा बैंकले गरिरहेको कामबारे विस्तृत छलफल गरेका छन्।
​सो अवसरमा मुख्यमन्त्री तामाङले बैंकले पुर्‍याउँदै आएको समर्पित सेवाको प्रशंसा गर्दै सिक्किमका युवाहरूका लागि रोजगारीका अवसरहरूलाई प्राथमिकता दिन आग्रह गरे।
​भेटघाटका क्रममा एसबीआईका अधिकारीहरूले मुख्यमन्त्री तामाङलाई मायाको चिनो समेत प्रदान गरेका थिए।

About Author

Advertisement