प्रशान्त महासागरबाट अमेरिकी युद्धपोत फिर्ता

75535532_1006

पूर्वी एसियामा चीनको प्रभाव बढ्ने खतरा

​नयाँ दिल्ली: अमेरिकाले पश्चिमी प्रशान्त महासागर क्षेत्रबाट आफ्नो अन्तिम विमानवाहक युद्धपोत (एयरक्राफ्ट क्यारियर) युएसएस जोर्ज वासिङ्टनलाई हटाएको छ। इरानसँगको बढ्दो सैन्य तनावका कारण मध्यपूर्व (पश्चिम एसिया) मा आफ्नो उपस्थिति मजबुत बनाउन वासिङ्टनले यो कदम चालेको हो। यस निर्णयसँगै रणनीतिक रूपमा संवेदनशील पश्चिमी प्रशान्त क्षेत्र अस्थायी रूपमा कुनै पनि अमेरिकी एयरक्राफ्ट क्यारियरबिना खाली हुन पुगेको छ।
​युएसएस जोर्ज वासिङ्टनले मध्यपूर्वमा आठ महिनादेखि तैनाथ युएसएस अब्राहम लिङ्कनलाई विस्थापित गर्नेछ। यो फेरबदलले ताइवान, जापान र फिलिपिन्सजस्ता अमेरिकी सहयोगी राष्ट्रहरूको सुरक्षा चिन्ता बढाएको छ भने चीनका लागि यस क्षेत्रमा आफ्नो सैन्य दबदबा र प्रभाव विस्तार गर्ने नयाँ ढोका खोलिदिएको छ।
​रक्षा विश्लेषक ब्रायन क्लार्कका अनुसार अमेरिकी युद्धपोतको अनुपस्थितिले चीनलाई ताइवान र दक्षिण चीन सागरका विवादित क्षेत्रहरूमा आफ्नो शक्ति प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। यद्यपि, अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरूलाई प्रशान्त क्षेत्रप्रतिको आफ्नो प्रतिबद्धता कमजोर नभएको आश्वस्त पार्न विशेष अपरेसन कमान्डका प्रमुख एडमिरल फ्र्याङ्क ब्राडलीलाई फिलिपिन्स र जापान भ्रमणमा पठाएको छ।

About Author

Advertisement