गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामांग (गोले) ले राज्य विधानसभाका सम्माननीय सभामुख एम.एन. शेर्पा र विधायक आदित्य गोलेलाई जन्मदिनको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गोलेले दुवै नेताको सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गरेका छन्।
ईश्वरसँग प्रार्थना गर्दै मुख्यमन्त्रीले उहाँहरूलाई जनता र राज्यको सेवामा निरन्तर समर्पित रहन शक्ति र बुद्धि प्राप्त होस् भन्ने कामना गरे। साथै, उहाँहरूको भावी जीवन सफलता, सन्तुष्टि र आशीर्वादले भरिपूर्ण रहोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन्।










