सिलगढी: सिलगढी जक्सन नजिकैको होटल हेरिटेज पछाडिबाट पुलिसले अवैध रक्सीसहित एक युवालाई नियन्त्रणमा लिएको छ।सिलगढी पुलिस कमिश्नरेटको टोलीले नियमित गस्तीका क्रममा बिहारको खगडिया जिल्लास्थित पचराहा निवासी २२ वर्षीय विकास यादवलाई नियन्त्रणमा लिएको हो। उनको साथमा रहेका दुईवटा झोला चेकजाँच गर्दा ७५० एमएलका २५ बोतल अवैध रक्सी बरामद भएको पुलिसले जनाएको छ। रक्सी ओसारपसार सम्बन्धी कुनै पनि वैध कागजात पेश गर्न नसकेपछि उनलाई पक्राउ गरिएको हो।प्रधाननगर पुलिस कार्यालयमा बंगाल अन्तःशुल्क ऐन अन्तर्गत मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान भइरहेको छ।









