खरसाङमा आयोजित म्याराथनको पुरुषवर्गमा नेपालका विक्रम लिम्बु प्रथम र महिलावर्गमा महाराष्ट्रकी तेजस्वीनी लामकोने प्रथम बने

6417ae90-97e8-43cc-8bbe-ea702ffc2afe

खरसाङ: खरसाङमा आयोजित ८०औं स्वतन्त्रता दिवस समारोहमा गत वर्षहरु झैं यसपाली पनि स्वतन्त्रता दिवस समारोह आयोजक समिति र खरसाङ महकुमा खेलकूद संघको आयोजनामा म्याराथन दौड सम्पन्न भएको छ। उक्त म्याराथन दुईवर्गमा सम्पन्न भएको थियो। यस अन्तर्गत पुरुष खुल्ला म्याराथन सोनादा नजिक शिव मन्दिरबाट शुरु गरिएको थियो भने महिलावर्गको म्याराथन चटकपुरबाट शुरु गरिएको थियो। दुवै खरसाङ मन्टिभियट खेल मैदानमा आयोजित स्वतन्त्रता दिवस समारोह स्थलसम्म आयोजना गरिएको थियो जसमा पुरुषको जम्मा १६ किलोमिटर र महिलाहरुको १४ किलोमिटर रहेको थियो। यसपाली पुरुषहरुमा जम्मा 208 जनाले भाग लिएका‌ थिए भने महिलाहरुमा जम्मा ३६ जनाले भाग लिएका‌ थिए।

यस म्याराथनमा यसपाली पुरुषवर्गमा प्रथम नेपालबाट आएका धावक बिक्रम लिम्बु भए भने दोस्रो कालेबुङका विकास भुजेल बनेका छन् भने तेस्रो गोरुबथानका विवेक छेत्री बनेका ‌ त्यसरी नै महिलावर्गमा प्रथम महाराष्ट्रकी तेजस्वीनी लामकोने, दोस्रो सिक्किमकी प्रिया तामाङ र तेस्रो सुष्मिता राई बनेका छन्। यस म्याराथनमा पुरुष र महिला दुवै वर्गमा प्रथम हुनेलाई ट्रफीसहित नगद राशि बीस हजार, दोस्रोलाई ट्रफीसहित दश हजार रुपियाँ र तेस्रो हुनेलाई ट्रफीसहित पाँच हजार रुपियाँ प्रदान गरिएको छ। यस क्रममा महिलाहरुमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई विशिष्ट अतिथिको रुपमा उपस्थित भारतीय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीको बाहुलीबाट प्रदान गरिएको छ। त्यसरी नै पुरुषवर्गमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई प्रमुख अतिथिको रुपमा उपस्थित विधायक सोनाम लामाको बाहुलीबाट पारितोषिक वितरण गरिएको छ। यस म्याराथन दौड विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement