सुवासचन्द्र बोस जनकल्याण कार्यालय नाम दिएर खरसाङका विधायक सोनाम लामाले खोले आफ्नो कार्यालय

cb1489bf-247d-443b-8a3b-e01565f7ba34

खरसाङ: खरसाङका विधायक सोनाम लामाले जनकल्याणको काम गर्न भनेर सुवासचन्द्र बोस जन सेवा कार्यालय नाम दिएर खरसाङमा कार्यालय उदघाटन गरेका छन्।‌ उक्त कार्यालय खरसाङको पंखाबारी रोड क्षेत्रमा उदघाटन गरिएको छ। पण्डितहरुले पूजा अर्चना गरेर विधायक सोनाम लामाको बाहुलीबाट उदघाटन गरिएको छ। उक्त कार्यालय अब खरसाङ विधानसभा समष्टिको सम्पूर्ण जनताको लागि बिहान १० बजीदेखि ४ बजेसम्म खुल्ला रहने भएको छ। यस कार्यालयमा आएर आम जनताले आफ्नो समस्याहरु राख्न सक्ने र विधायकलाई भेट्न पनि सक्ने भएको छ।‌ यो कार्यालय आपतकालीन अवस्थामा आईतवार पनि खुल्ला रहने भएको छ। यस कार्यालयमा आम जनताले विधायकको अनुपस्थितिमा पनि कार्यालयका कर्मचारीहरुलाई भेटेर आफ्ना समस्याहरु पनि राख्न सक्ने भएका छन्। खरसाङमा आफ्नो कार्यालय उदघाटनपछि पत्रकारहरुलाई सम्बोधन गर्दै विधायक सोनाम लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement