​जम्मु-काश्मीरमा तालिमका क्रममा अग्निवीर निशान्त राईको निधन, सांसद राजु बिष्टद्वारा दुःख व्यक्त

9202b472-d56c-4ed3-ad66-8150cd3ba581

दार्जिलिङ: भारतीय सेनाको तालिमका क्रममा जम्मु-काश्मीरमा एक अनपेक्षित दुर्घटनामा परी अग्निवीर निशान्त राईको निधन भएको छ।
​निधन हुने निशान्त दार्जिलिङ-पुलबजार पञ्चायत समितिकी सभापति निमन्ता तामाङका सुपुत्र हुन्।
​मातृभूमिको सेवामा समर्पित युवा निशान्तको तालिमका क्रममा भएको दु:खद निधनको खबरले स्तब्ध बनाएको दार्जिलिङका सांसद राजु बिष्टले जनाएका छन्।
​सांसद बिष्टले सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै निशान्तप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले निशान्तको साहस, समर्पण र राष्ट्रप्रतिको निष्ठा सधैँ गर्वका साथ स्मरण गरिने बताएका छन्।
​”मातृभूमिको रक्षा र सेवाको तयारीका क्रममा निशान्तले सर्वोच्च बलिदान दिएका छन्। उनको यो अदम्य साहस र देशभक्ति सदैव स्मरणीय रहनेछ,” सांसद बिष्टले भनेका छन्।
​सांसद बिष्टले शोकाकुल आमा निमन्ता तामाङ तथा सम्पूर्ण राई परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, यो अपूरणीय क्षति सहन गर्ने शक्ति ईश्वरले परिवारजनलाई प्रदान गरून् भन्दै प्रार्थना समेत गरेका छन्।

About Author

Advertisement