२२ अक्टोबरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार भुट्टाबारी एफसी-ले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। मंगरटोला ग्राउण्डमा भएको म्याचमा भुट्टाबारी एफसी-ले एफसी साकातारलाई टाईब्रेकरमा २-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









