भुट्टाबारी एफसी प्री क्वार्टर फाइनलमा

IMG_20221022_124448.jpg

२२ अक्टोबरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार भुट्टाबारी एफसी-ले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। मंगरटोला ग्राउण्डमा भएको म्याचमा भुट्टाबारी एफसी-ले एफसी साकातारलाई टाईब्रेकरमा २-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement