नीट युजी र जेईईमा आकाशका विद्यार्थीको उत्कृष्ट प्रदर्शन

Pic 2

व्योम २०२६’ मा मेधावी सम्मानित

कोलकाता: टेस्ट प्रिपरेटरी सेवाको क्षेत्रमा देशकै अग्रणी संस्था आकाश एजुकेशनल सर्भिसेज लिमिटेड (एईएसएल) का विद्यार्थीहरूले नीट युजी २०२६ र जेईई परीक्षामा पुनः उत्कृष्ट सफलता हासिल गरेका छन्। कठिन परीक्षा प्रणाली र विविध चुनौतीका बाबजुद आकाशका विद्यार्थीहरूले देशभर उत्कृष्ट नतिजा निकालेका हुन्।
​यस वर्ष नीट युजी २०२६ को अल इन्डिया र्याङ्क (एआईआर) को शीर्ष १० भित्र आकाशका विद्यार्थीहरूले ४ वटा स्थान- एआईआर १, ३, ७ र ८ हासिल गर्न सफल भएका छन्।

पश्चिम बङ्गाल राज्यबाट पनि विद्यार्थीहरूको प्रदर्शन प्रशंसनीय रहेको छ। राज्यका ५ जना विद्यार्थीले एआईआर ५०० भित्र, १० जनाले एआईआर १,००० भित्र, ५६ जनाले एआईआर ५,००० भित्र र १०५ जनाले एआईआर १०,००० भित्र स्थान बनाएका छन्।
आकाश पश्चिम बङ्गालले सरकारी मेडिकल कलेजहरूमा ५०० भन्दा बढी एमबीबीएस चयन गराएर नयाँ इतिहास रचेको छ। यसका अलावा ७२ जना विद्यार्थीले जेईई एडभान्स्ड, ८५ जनाले एनआईटी र ३२ जनाले डब्लुबीजेईईको शीर्ष १०० र्याङ्कमा स्थान पाएका छन्।
​यस ऐतिहासिक सफलताको अवसरमा एईएसएलले ६ अगस्ट २०२६ मा कोलकाताको धने धान्ने अडिटोरियममा आफ्नो वार्षिक सम्मान समारोह ‘व्योम २०२६’ आयोजना गरेको थियो। कार्यक्रममा संस्थाका संस्थापक निर्देशक सञ्जय खेमका, निर्देशक अम्बिका खेमका, कुमार मङ्गलम र तिलक राज खेमकाको उपस्थिति रहेको थियो।
​सो अवसरमा तिलक राज खेमकाले विद्यार्थीहरूको मेहनत र संस्थाको गुणस्तरीय शिक्षा प्रणालीकै कारण यो सफलता सम्भव भएको बताए। कार्यक्रमकै क्रममा आकाश पश्चिम बङ्गालका सीएसओ के. लक्ष्मण रावले आकाश राष्ट्रिय प्रतिभा खोज परीक्षा (एएनटीएचई २०२६) को औपचारिक शुभारम्भ समेत गरे।

About Author

Advertisement