स्कट्स मिशन प्राथमिक पाठशाला बने बिजय
सोनादा: विद्यालय कापीकलम च्यापेर जाने तथा दिनभरि पुस्तक मात्रै रटेर आउने कारखाना होइन। विद्यालय विद्यार्थीहरूको आत्मिक, नैतिक, बौद्धिक र सर्वाङ्गिन विकास गर्ने अति महत्त्वपूर्ण पवित्र स्थान हो। यसैले विद्यालयलाई ज्ञानको मन्दिर भनिन्छ। यसै विद्यार्थीहरूको बौद्धिक विकासको निम्ति विद्यालयले समय समयमा विभित्र यस्ता ज्ञानवर्दक कार्यक्रमहरू आयोजना गरेर विद्यार्थीहरूले आन्तरिक क्षमताको विकास गर्ने गरेको छ। यही सन्दर्भलाई पहल गर्दै सोनादास्थित स्कट्स मिशन निम्न बुनियादी पाठशालाद्वारा आयोजित चौथो जीबी थापा (थापा सर)-को स्मृतिमा अन्तर प्राथमिक पाठशाला हाजिरी जवाब प्रतियोगिता कार्यक्रमको आयोजना गरेको थियोे। यसै पाठशालाको निजी भवनमा सम्पन्न भएको यस कार्यक्रमको अध्यक्षता पाठशालाको सभापति सुरेन कुमार राईको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत भाषण मेगनमणि थापाले राखेको थिए।कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुखिया जोरबंगला खण्ड स्कुल एआइ प्रदिप सुब्बा रहेको यस कार्यक्रममा विशिष्ट अतिथि सोनादा सर्कल एसआइ आनन्द शर्मा , अतिथिहरू स्वर्गीय जीबी थापाकी पत्नी बिना थापा, सोनादा डिग्री कलेजका प्राचार्य मेघनाथ छेत्री, भूतपूर्व अध्यापिका सरिता सुब्बा, भुतपूर्व अध्यापक जेबी राई, थिलेन लामा, भूतपूर्व जिल्ला स्कूल बोड सदस्य अशोक गुरुङ, चेवनप्रकाश राई साथै विभिन्न पाठशालाका शिक्षक, शिक्षिकाहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। यस हाजिरी जवाफ प्रतियोगितामा क्षेत्रका जम्मा छवटा पाठशालाका विद्यार्थीहरूले भाग लिएको थिए। रसिक छेत्रीले सञ्चालन गरेको यस प्रतियोगितात्मक कार्यक्रमका प्रश्नोत्तरी सञ्चालक (क्वीज मास्टर) विवेक मिश्रले विभिन्न प्रश्नहरू राखेका थिए। यस हाजिरी जवाफ प्रतियोगितामा स्कट्स मिशन प्राथमिक पाठशाला बिजय भएका थिए भने उपविजेता लीलावती प्राथमिक पाठशाला नेहुर बालासन भए।










