खरसाङ: खरसाङको सन्त अल्फन्सेस विद्यालय र महकुमा प्रशासनको सहयोगमा खरसाङमा ‘हर घर तिरंगा’ र्यालीको आयोजना गरिएको छ। विद्यालयको ब्याण्डबाजासहित निकालिएको यो र्याली विद्यालय परिसरबाट शुरु भएर राष्ट्रिय राजमार्ग ११० हुँदै खरसाङ बजार परिक्रमा गरेर रेलवे स्टेशनसम्म पुगेर पुनः विद्यालयमै फर्किएको थियो।

यस क्रममा विद्यार्थीहरूले सर्वसाधारण र दोकानेहरूलाई राष्ट्रिय झण्डा वितरण गरेका थिए।कार्यक्रमको शुरुवातमै सन्त अल्फन्सेस विद्यालयका फादर केभिन मोक्तानले आफ्नो देशभक्तिपूर्ण र ओजस्वी भाषणद्वारा विद्यार्थीहरूमा राष्ट्रप्रेम र उत्साह भर्ने काम गरेका थिए।

यस र्यालीले सम्पूर्ण खरसाङ बजारमा राष्ट्रिय एकता र देशभक्तिको सुन्दर सन्देश प्रवाह गरेको बताइएको छ। हर घर तिरंगा कार्यक्रम अन्तर्गत खरसाङमा निकालिएको ऱ्याली विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सन्त अल्फन्सेस विद्यालयका फादर केविन मोक्तानले विस्तृत रुपमा जानकारी गराएका छन्।










