भाजपा छाडेका शहजाद पुनावालाद्वारा प्रधानमन्त्री मोदीलाई दुई पटक धन्यवाद, यस्तो छ कारण

44f50720-d6c0-44b8-976d-0ba4f5c03486

नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) का पूर्व राष्ट्रिय प्रवक्ता तथा राजनीतिक विश्लेषक शहजाद पुनावालाले भाजपा छाडेपछि पनि सामाजिक सञ्जालमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई पटक धन्यवाद ज्ञापन गरेका छन्।
​‘शिया आगा खानी’ (इस्माइली) शिया समुदायका पुनावालाले आध्यात्मिक गुरु मौलाना हजार इमाम शाह रहिम अल-हुसैनी आगा खानलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएकोमा प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरेका हुन्। भारत सरकारको निमन्त्रणामा मौलाना आगा खान सन् २०२६ सेप्टेम्बर ९ देखि १५ सम्म भारतको आधिकारिक भ्रमणमा आउँदैछन्।
​पुनावालाले सामाजिक सञ्जालमा लेख्दै यो निमन्त्रणाले भारत र इस्माइली इमामतबीचको दीर्घकालीन मित्रता, पारस्परिक सम्मान र साझा मूल्यमान्यतालाई दर्शाउने बताएका छन्। इस्माइली समुदायले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास र सांस्कृतिक संरक्षणका क्षेत्रमा भारतसहित विश्वभर महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि उनले उल्लेख गरेका छन्।

About Author

Advertisement