मिरिक: भारतको कम्युनिस्ट पार्टी (मार्क्सवादी)खरसाङ क्षेत्रीय कमिटीकाे आयाेजनामा मिरिकमा आइतबार व्यापक पाेस्टरिङ गरिएको छ। माकपा मिरिकका नेता किस्मत तामाङ अनि खरसाङ क्षेत्रीय कमिटी सदस्य दीपा तामाङकाे नेतृत्वमा मिरिकमा टाँसिएकाे पाेष्टरमादार्जिलिङको राजनीतिक समाधान तत्काल गरिनु पर्ने,एसआईआरका कारण हटाइएका सबै वैध नागरिकको नाम तुरुन्त मतदाता सूचीमा समावेश गरिनुपर्छ। जीटीएको कानुनी वैधता स्पष्ट पारिनु पर्ने र नगरपालिकाको तत्काल चुनाव गराउने माग गरिएकाे छ। पाेष्टरमा श्रमिकहरुको न्यूनतम हाजिरा लागू गरिनु पर्ने, बन्द चिया बगानहरू तत्काल खोल्नु पर्ने, चिया बगानका श्रमिकहरूलाई सम्पूर्ण जमिनको अधिकार दिनु पर्ने, एससी, एसटी, ओबीसी प्रमाण पत्रमा जनतालाई दुःख नदिनु पर्ने,नेपाली भाषामाथि जबरजस्ती बङ्गला भाषा थाेप्न नपाइने,सबैलाई राशन सुनिश्चित गरिनुपर्ने, कसैको पनि राशन काट्नु नहुने, १५ वर्ष पुगेका सवारीसाधन चलाउन रोक लगाउने सरकारी आदेश फिर्ता गरिनुपर्ने आदि माग गरिएकाे छ।











