ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत खरसाङमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

a857ae48-1e1c-43a7-87c3-7759e6ea0f49

खरसाङ: ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत खरसाङमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। दार्जिलिङ पुलिसको आयोजनामा जिल्लाभरि ३ देखि ९ अगस्तसम्म ट्राफिक सुरक्षा सप्ताह पालन भईरहेको छ भने यसै अन्तर्गत मंगलवार खरसाङमा ट्राफिक सुरक्षा सप्ताह एंव ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। यस क्रममा शुरुमा मोटर स्ट्याण्डदेखि बजार परिक्रमा गरेर पुनः मोटर स्ट्याण्डसम्म नै ट्राफिक सचेतना ऱ्यालीको आयोजना गरिएको थियो भने माईकिङद्वारा जनसाधारणलाई ट्राफिक सुरक्षा र रोड सुरक्षा विषयमा सचेतना गराइएको थियो। पानी झरीको कारणले ऱ्याली पूरा नभए पनि खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा ट्राफिक सुरक्षा विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त सचेतना कार्यक्रममा दार्जीलिङ पुलिसका अतिरिक्त जिल्ला पुलिस अधिकारी आईपीएस अनिन्दया सुन्दर भट्टाचार्य, ट्राफिक डीएसपी कल्याण गुरुङ, खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस हरदीप, ट्राफिक इन्स्पेक्टर पिन्टु मुखर्जी, दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरी, आईसी खरसाङ पलास महन्तो, डीआईबी खरसाङ पासाङ तामाङ, खरसाङ ट्राफिक पुलिस प्रभारी विकास चामलिङ लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई शिक्षक दिव्यत्तम अधिकारीले सञ्चालन गरेका थिए। उनले कार्यक्रममा ट्राफिक सुरक्षा सप्ताह विषयमा सचेतनामूलक वक्तव्य पनि राखेका थिए। कार्यक्रममा ट्राफिक इन्स्पेक्टर पिन्टु मुखर्जीले ट्राफिक सचेतना गराउँदै यस सचेतना कार्यक्रममा भनिएको हरेक कुराहरु विद्यार्थीहरुले घरमा गएर आफ्ना अभिभावकहरु र आफन्तहरुलाई ट्राफिक नियम पालन गर्न अनुरोध गर्ने आह्वान् गरेका छन्। उनले सबैलाई ट्राफिक सुरक्षाको लागि ट्राफिक नियमहरु पालना गर्ने र सुरक्षित रहन पनि आह्वान् गरेका छन्। कार्यक्रममा रोड सुरक्षा सप्ताह र ट्राफिक सुरक्षा विषयमा खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस हरदीप, ट्राफिक इन्स्पेक्टर पिन्टु मुखर्जी, दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरी आदिले पनि वक्तव्य राखेका थिए।वक्ताहरुले ट्राफिक सुरक्षा र रोड सुरक्षा सप्ताह विषयमा सचेतनामूलक वक्तव्य राखेका थिए। कार्यक्रममा प्रतिभा परिवारको तर्फबाट सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो भने ट्राफिक महिला पुलिस सन्ध्या तामाङ र सुप्रिना तामाङले नृत्य प्रस्तुत गरेका थिए।

त्यसरी नै सन्त जोसेफ कन्या विद्यालयका विद्यार्थीहरुले ब्याण्ड प्रस्तुति दिएका थिए।कार्यक्रममा एसआई इन्द्र लामा, सिभिकहरु सञ्जीव छेत्री र दिवाकर तामाङ, चालक राजेस थापा आदिले गीत प्रस्तुत गरेका थिए।कार्यक्रममा ट्राफिक सुरक्षा विषयमा तीनधारेका कन्टेन्ट क्रियटर सञ्जय राई र साथीहरुका साथमा ट्राफिक पुलिसको सहभागितामा छोटो नाटक पनि मञ्चन गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन खरसाङ ट्राफिक पुलिसका प्रभारी विकास चामलिङले राखेका थिए। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षक शिक्षिकाहरु, विभिन्न सेण्डीगेटका चालकहरु र जनसाधारण पनि उपस्थित रहेका थिए। यस ट्राफिक सचेतना कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ ट्राफिक पुलिसका‌ प्रभारी विकास चामलिङले ३ देखि ९ अगस्तसम्म दार्जिलिङ जिल्लाभरि ट्राफिक सुरक्षा सप्ताह पालन भईरहेको र ४ अगस्तको दिन खरसाङ ट्राफिक गार्डको आयोजनामा सचेतनामूलक कार्यक्रम आयोजना गर्नु पर्ने दिन रहेकोले ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको बताएका छन्‌। उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै डच चालकहरुलाई ट्राफिक नियम पालन गर्दै सुरक्षित ड्राईभिङको लागि आह्वान् गरेका छन्। खरसाङ ट्राफिक पुलिसको ट्राफिक प्रभारी विकास चामलिङले चालकहरुलाई मातेर गाडी नकुदाउने, सिल्ट बेल्ट लाउनु पर्ने, गाडी सबै ठीक राखेर कुदाउनु पर्ने र सुरक्षित रहनु पर्ने पनि अनुरोध गरेका छन्।

About Author

Advertisement