स्थायी राजनैतिक समाधान पहाडमै बसेर हुनेछ, दिल्लीमा होइन: सांसद राजु विष्ट

fc122d9f-1d95-439f-a973-c87e3b13ca12

मङ्पु: दार्जिलिङका सांसद राजु विष्टले दार्जिलिङ पहाडको स्थायी राजनैतिक समाधान सम्बन्धी महत्वपूर्ण अभिव्यक्ति दिएका छन्। उनले मङ्पुमा आयोजित एक कार्यक्रममा उक्त कुरा बताएका छन्। उनले समाधान कुनै बन्द कोठामा वा दिल्लीमा बसेर तय नहुने स्पष्ट पार्दै भारत सरकारका गृहमन्त्री स्वयं पहाडमा आएर स्थानीय सरोकारवालासँग प्रत्यक्ष संवाद गरी समाधानको प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरेका छन्। सांसद विष्टले स्थायी राजनैतिक समाधानका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै पहाडका जनताको भावना, आकांक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइने बताएका छन्। उनले सबै पक्षलाई धैर्य र एकताका साथ समाधानको प्रक्रियामा सहयोग गर्न पनि आग्रह गरेका छन्।

About Author

Advertisement