८०औँ स्वतन्त्रता दिवसका लागि सिक्किम बीजेपीद्वारा ‘हर घर तिरङ्गा अभियान’को कार्यशाला आयोजित

f98aa4b7-7c55-432c-8810-b44884ad6802

गान्ताेक: भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुन गइरहेको ‘हर घर तिरङ्गा अभियान’को खाका तयार पार्न बीजेपी सिक्किमले एक कार्यशाला आयोजना गरेको छ। छत्तीसगढ हाउसिङ एन्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बोर्डका अध्यक्ष तथा अभियानका राष्ट्रिय कमिटी सदस्य अनुराग सिंह देवको मार्गदर्शनमा कार्यशाला सम्पन्न भएको हो। त्यस क्रममा उनले देशभक्ति, राष्ट्रिय एकता र तिरङ्गाप्रतिको सम्मान बढाउन यो अभियानको ठूलो महत्त्व रहेको बताए।
​कार्यक्रममा बीजेपी सिक्किमका प्रदेश अध्यक्ष डिआर थापा, उपाध्यक्ष एनके सुब्बा, महामन्त्रीहरू, राज्य कार्यकारिणी समिति तथा ‘हर घर तिरङ्गा अभियान’ समितिका सदस्यहरूको उपस्थिति थियो। कार्यशालामा प्रभावकारी योजना, जनसम्पर्क विस्तार र सिक्किमका प्रत्येक जिल्ला, मण्डल तथा बुथस्तरसम्म उत्साहजनक सहभागिता सुनिश्चित गर्ने विषयमा छलफल भएको छ।
​सिक्किमका प्रत्येक घरमा गर्वका साथ राष्ट्रिय ध्वज फहराउँदै एकता, स्वाभिमान र राष्ट्रिय दायित्वका साथ ८०औँ स्वतन्त्रता दिवस मनाउन र राष्ट्रव्यापी अभियानलाई सफल पार्न प्रतिबद्धता जनाउँदै बैठक समापन भएको थियो।

About Author

Advertisement