अहिलेसम्म श्रमिकहरुको जम्मा लगभग ५ करोड ९० लाख रुपियाँसम्म भुक्तानी भएको दावी
खरसाङ: लङ्भ्यू चियाबारीको मालिक गोबिन गर्गको फेरि तेस्रोपल्ट जमानत रध्द गरिएको छ। सोमवार पनि खरसाङ न्यायलयले मालिक गोविन्द गर्गको बेल रद्द गरेको छ। उनलाई सोमवार खरसाङ कोर्टमा पेश गरिएको थियो भने सोमवार पनि जमानत रध्द गरिएको छ भने उनलाई दुई दिनको पुलिस कस्टडीमा जेल पठाइएको जानकारी प्राप्त भएको छ। उनलाई लङ्भ्यू चियाबारीको एकजना श्रमिकले आफ्ना पिताले अवकाशप्राप्तपछि पनि पीएफ र ग्राजुएटी नपाएको भन्दै मुद्दा दायर गरेका थिए यसको आधारमा मालिक गोबिन गर्गको जमानत सोमवार पनि रध्द गरिएको छ। लङ्भ्यु चियाबारीको मालिक गोबिन गर्गलाई गत २४ जुलाईमा कोलकाताबाट पक्राउ गरिएको थियो भने गत ३१ जुलाईको दिन २ दिनको पुलिस कस्टडीमा र ७ दिनको न्यायिक हिरासतमा पठाइएको थियो भने सोमवार ३ अगस्तमा सुनवाईपछि पुनः जमानत रध्द गरेर जेल पठाइएको छ भने उनको अर्को सुनवाई आगामी ५ अगस्तको दिन हुने भएको छ। लङ्भ्यु चियाबारीको मालिक गोबिन गर्गको सुनवाई कार्यक्रम अवधि सोमवार बिहानैदेखि लङ्भ्यू चियाबारीको श्रमिकहरु खरसाङ कोर्ट परिसरमा भेला मालिक गोबिन गर्गको विरोधमा नाराबाजी गरेका थिए। अर्कोतिर लङ्भ्यू चियाबारीको श्रमिकहरुको खातामा पीएफ र हाजिरा पसेको जानकारी प्राप्त भएको छ। त्यसपछि अन्तमा लङभ्यू चिया बगानको श्रमिकहरूले विगत १०२ दिनदेखि गरिरहेको भोक हडताल स्थगित गरेका छन्। मालिक गोविन्द गर्गले श्रमिकहरूको पीएफ राशि ३ करोड ३२ लाख ४१ हजार ७ सय ३६ रूपियाँ आधिकारिक रूपमा पीएफ कार्यलयमा जम्मा गरेपछि श्रमिकहरूले भोक हडताल स्थगित गरेका हुन्। श्रमिकहरूको रहल ज्याला र वेतन पनि मालिकले भुक्तान गर्न बाध्य बनेको छ।
भएको छ। अब श्रमिकहरूले बगान सञ्चालनको दायित्व सरकारले लिइनु पर्ने माग गरेका छन् भने भ्रष्टाचारी मालिक गोविन्द गर्गको लिज खारेज गर्नु पर्ने माग गरेका छन्। यतिका दिमसम्म चलेको श्रमिकहरूले भोक हडताल अवधि सहयोग पुऱ्याउने विभिन्न संघ संस्था, व्यक्ति विशेष, सर्जक कलाकार साथै युवा विद्यार्थीहरू लगायत मिडिया कर्मी पत्रकार सबै सबैलाई आन्दोलनकारी श्रमिकहरूले कृतज्ञता प्रकट गरेका छन्। उल्लेखनीय छ, खरसाङको लङ्भ्यू चियाबारीको श्रमिकहरुको पाउनु पर्ने पीएफ, ग्राजुएटी लगायत हाजिरा र कर्मचारीहरुको वेतन लगाएर अहिलेसम्म जम्मा लगभग ५ करोड ९० लाख रुपियाँसम्म भुक्तानी भएको जानकारी प्राप्त भएको छ। लङ्भ्यु चियाबारीमा विगत १०२ दिनसम्म चलेको अनशनको सफल समापन भएको बताइएको छ। श्रमिकहरुको आन्दोलन सफल भएको भन्दै श्रमिक नेताहरु छेवाङ योञ्जन, सुमेन्द्र तामाङ र सेमिका लामाले श्रमिकहरुलाई सम्बोधन गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्। अर्कोतिर श्रमिकहरुले लङ्भ्यू चियाबारीमा पनि यस विषयमा खुशीयाली मनाएका छन्।











