सिक्किम बास्केटबल लिग २०२६: साप्ताहिक खेलको नतिजा सार्वजनिक, आउँदो साताका खेलहरूको तालिका घोषणा

3f4b7497-d6d2-47f9-ad53-bb67f2a6a9d8

गङ्टोक: बास्केटबल एसोसिएसन अफ सिक्किम (बास) को आयोजनामा गङ्टोकस्थित पाल्जोर स्टेडियम कम्प्लेक्सको इन्डोर बास्केटबल कोर्टमा सञ्चालन भइरहेको ‘सिक्किम बास्केटबल लिग (एसबीएल) २०२६’ अन्तर्गत गत १ र २ अगस्टमा सम्पन्न खेलहरूको नतिजा सार्वजनिक गरिएको छ।
​शनिबार (१ अगस्ट) को नतिजा:
​’बी’ डिभिजन: सिक्किम ब्वाइज ५४ – ४९ पेसर्स (उत्कृष्ट स्कोरर: जिग्डेल डी. लेप्चा)
​’ए’ डिभिजन: रेभन्स ७४ – ५१ पान्डास (उत्कृष्ट स्कोरर: पाल्जोर आर. वाङ्दी)
​आइतबार (२ अगस्ट) को नतिजा:
​’बी’ डिभिजन (पहिलो खेल): ताक्से ६४ – ३४ क्यी-दे-खाङ (उत्कृष्ट स्कोरर: आर्यन)
​’बी’ डिभिजन (दोस्रो खेल): एमपीएस ३० – ७४ पेसर्स (उत्कृष्ट स्कोरर: प्रयास)
​’ए’ डिभिजन: रेत्रो हुपर्स ७८ – ४७ डेमी मोङ्क्स (उत्कृष्ट स्कोरर: सोनाम टी. बर्फुङ्पा)
​’ए’ डिभिजन (महिला): म्याभ्रिक्स ६६ – १७ पेसर्स (उत्कृष्ट स्कोरर: छिरिङ छोदेन)
​आगामी खेलहरूको तालिका:
​शनिबार (८ अगस्ट):
​बिहान ८:०० बजे: वाइएससी विरुद्ध टेनेसियस
​बिहान ९:३० बजे: हाउन्ड्स विरुद्ध डेन्जोङ सिङ्गेस
​बिहान ११:०० बजे: ड्रुक विरुद्ध यतिज
​दिउँसो १२:३० बजे: स्पर्स विरुद्ध गङ्टोक ब्वाइज
​आइतबार (९ अगस्ट):
​बिहान ८:०० बजे: सिक्किम जाइन्ट्स विरुद्ध सीएमएस
​बिहान ९:३० बजे: डेमी मोङ्क्स विरुद्ध पान्डास
​बिहान ११:०० बजे: हाउन्ड्स विरुद्ध ड्रुक स्क्वाड
​दिउँसो १२:३० बजे: यतिज विरुद्ध रेत्रो हुपर्स
​दिउँसो २:०० बजे (महिला मैत्रीपूर्ण खेल): हुपर्स (माङ्गन) विरुद्ध लेजेन्ड्स (गङ्टोक)
​प्रतियोगिताका सबै खेलहरू पाल्जोर स्टेडियमको इन्डोर कोर्टमै खेलिने बास्केटबल एसोसिएसन अफ सिक्किमले जनाएको छ

About Author

Advertisement