मिरिक: मिरिक क्षेत्रका प्राथमिक पाठशालाहरुका शिक्षक शिक्षिकाहरुलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभालाई भारतीय जनता पार्टीको प्राथमिक पाठशाला शिक्षा सेलको केन्द्रीय संयोजक प्रकाश राईको अध्यक्षतामा सम्पन्न भएको छ भने सभालाई घैयाबारी प्राथमिक पाठशालाका प्रधान अध्यापक शंकर लामाले गरेका थिए। सभाको मुख्य विषय मिरिक क्षेत्रमा नयाँ शिक्षा सेक गठन गरिनु रहेको थियो। सभामा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव निरज थापाले सामाजिक कुतत्वहरुमा परिवर्तन गर्न नै भाजपा पार्टीले संगठन मजबुत बनाउन अघि बढेको बताए। उनले शिक्षामा विपुल परिवर्तन ल्याउन पर्ने बताएका छन्। सभामा सभाध्यक्ष एंव भारतीय जनता पार्टीको प्राथमिक पाठशाला शिक्षा सेलको केन्द्रीय संयोजक प्रकाश राईले नयाँ संगठनको आवश्यकता, यसको महत्व, उपयोगिता र भूमिका विषयमा प्रकाश पारेका थिए।

यसै सभामा भारतीय जनता पार्टीको प्राथमिक शिक्षकहरुको संगठन शिक्षा सेल मिरिक समिति गठन गरिएको छ। उक्त समितिमा अध्यक्ष बबीन गुरुङ, उपाध्यक्ष रुषा राई, मूल सचिव रोहित मोक्तान, सह सचिव रोमा थापा र वेदास रञ्जन सुब्बा, कोषाध्यक्ष रंक प्रसाद शर्मा, संयोजक एवं जिल्ला प्रतिनिधि शंकर लामा, प्रवक्ता मनोहर राई र उज्जवल राई आदिलाई चयन गरिएको छ।










