गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले राज्यपाल ओम् प्रकाश माथुरसँग शिष्टाचार भेट गरी कार्यकालको दुई वर्ष पूरा भएको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री गोलेले सिक्किमवासी जनता तथा आफ्नो तर्फबाट शुभकामना सन्देश दिँदै राज्यपाल माथुरको संवैधानिक मूल्य-मान्यताप्रतिको प्रतिबद्धता र गरिमामय नेतृत्वले राज्यको प्रगति र कल्याणमा ठूलो योगदान पुर्याएको बताए। उनले राज्यपालको सुस्वास्थ्य, दीर्घायु तथा भावी राष्ट्रसेवाको निरन्तर सफलताको कामना समेत गरेका छन्।









