अरुणाचल: मुख्यमन्त्रीसँग अरुणाचल आर्चरी एसोसिएसनको भेट, खेल प्रवर्द्धनमा जोड

Screenshot_20260803_001707_Facebook

ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूसँग अरुणाचल आर्चरी (धनुर्विद्या) एसोसिएसनको प्रतिनिधिमण्डलले भेटघाट गरेको छ। एसोसिएसनका अध्यक्ष तादार निग्लारको नेतृत्वमा आएको टोलीसँग मुख्यमन्त्रीको भेटवार्ता भएको हो।
​भेटका क्रममा मुख्यमन्त्री खाण्डूले अरुणाचलमा धनुर्विद्याका क्षेत्रमा अद्भुत प्रतिभाहरू रहेको उल्लेख गरे। राज्यमा खेलकुदको विकास, युवा खेलाडीहरूलाई प्रोत्साहन तथा राज्यको नाम उच्च राख्ने सबै किसिमका प्रयास र पहलहरूलाई राज्य सरकारले निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरे।

About Author

Advertisement