न्यूयोर्क: विश्व फूटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फेण्टिनोले विश्व कपको मुनाफा निजी इक्विटी कम्पनीहरूसँग साझा गर्ने आफ्नो विवादास्पद योजना फिर्ता लिएका छन्। विश्वभरिका प्रमुख फूटबल संस्थाहरूको विरोधपछि इन्फेण्टिनो आफ्नो फसेला फिर्ता लिन वाध्य भए। फिफा अध्यक्षले आफ्नो बयानमा भनेका छन्, विभिन्न पक्षहरूसँग बातचीतपछि यस प्रस्तावले फूटबल जगतमा मतभेद बढ़ेको स्पष्ट भएको छ। यसैकारण यसलाई अघि बढ़ाउनु उचित हुनेछैन। फिफा अध्यक्षले विश्व कपको सञ्चालन र त्यसबाट प्राप्त हुने राजस्वको निम्ति लगभग २० अरब डलर मूल्यको एउटा नयाँ कम्पनी बनाउने प्रस्ताव दिएका थिए। यस योजनाअन्तर्गत निजी निवेशकहरूलाई पनि यसमा हिस्सदारी दिने कुरा भनेका थिए। यो प्रस्ताव अघि आउनको साथै विश्वका धेरै फूटबल संस्थाहरूले यसलाई विश्व फूटबललाई व्यवसायीकरणको दिशामा ठूलो कदम बताउँदै विरोध शुरु गरेको थियो। सबैभन्दा पहिला यूरोपेली फूटबलको सर्वोच्च संस्था यूईएफए-ले यस योजनाको विरोध गरेको थियो। यूईएफए-का ५५ वटा सदस्य देशहरूले फिफाको प्रस्तावविरुद्ध विश्व कप र फिफाका अन्य प्रतियोगिताहरू वहिष्कार गर्ने चेताउनी दिएको थियो। त्यसपछि उत्तरी अमेरिकाको फूटबल संस्था कनकाकाफ र एशियाई फूटबल परिसंघ (एएफसी) पनि विरोधमा ओर्लिएको थियो। यी संगठनहरूको विश्व कप जस्तो प्रतिष्ठित प्रतियोगिताको मुनाफामा निजी निवेशकहरूका भागीदारीले फूटबलको मूल स्वरूप र त्यसको स्वायत्ततामाथि असर गर्ने भनाइ रहेको थियो। विरोध केवल फूटबल संगठनहरूसम्म मात्र सीमित रहेन। इन्फेण्टिनोका वरिष्ठ सल्लाहकार तथा व्हाइट हाउसको एउटा समितिका पूर्व सदस्य कार्लोस कार्डेइरोले पनि यस योजनाको विरोध गर्दै आफ्नो पदबाट राजीनामा दिएका थिए। यस राजीनामालाई पनि फिफामाथि बढ़दो दबाउको ठूलो कारण मानिएको छ। लगातार बढ़िरहेको विरोधबीच इन्फेण्टिनोले भनेका छन्, सबै पक्षको विचार जानेपछछि यो स्पष्ट भएको छ कि यस योजनाले एउटा यस्तो विभाजन तयार गरेको छ, जुन यसको मूल उद्देश्यको हितमा छैन। हाम्रो उद्देश्य सदा फूटबल जगतलाई एकजुट राख्ने अनि यसमा सुधार गर्ने रहेको छ। भविष्यमा पनि हामी यसै दिशामा काम गर्नेछौं। यसैकारण प्रस्तावलाई अब अघि बढ़ाइने छैन। इन्फोण्टिनोको यस फसेलाले विश्व कपको मुनामामा निजी इक्विटी कम्पनीहरूका भागीदारीको योजनामाथि अहिलेको निम्ति पूर्ण विराम लागेको छ।










