विकासको कार्यहरु कुनै धाँधलीबिना नै राम्रोसँगले जनता समक्ष पुग्नु पर्ने मागमा खण्ड विकास अधिकारीसित भेट

IMG-20260730-WA0038

खरसाङ: भारतीय जनता पार्टी र गोर्खा जनमुक्ति मोर्चाको गठबन्धन दलले खरसाङको खण्ड विकास अधिकारीलाई भेटेर विभिन्न विकासको कार्यहरु कुनै धाँधलीबिना नै राम्रोसँगले जनता समक्ष पुग्नु पर्ने माग गरेका छन्। भाजपा र गोजमुमो पार्टीको प्रतिनिधिहरु खरसाङ खण्ड अन्तर्गत १४ वटै ग्राम पञ्चायतबाट खण्ड विकास कार्यालय पुगेर खण्ड विकास अधिकारीलाई भेटेर लामो समयसम्म बातचीत गरेर राज्य र केन्द्रबाट आएका विभिन्न विकास कार्यहरु जनता समक्ष सठीक रुपमा पुग्नु पर्ने मांग गरेका छन्। यसको साथै खण्ड अन्तर्गत पर्ने स्थानहरुमा विकासको कार्यहरु राम्रोसितले हुनु पर्ने भन्दै रेखदेख कमिटी पनि गठन गरिएको साथै यो कमिटी खण्ड विकास कार्यालय आएर विकास कार्यहरु विषयमा सोधपुछ गरिरहने र विकासको काममा धाँधली हुन नदिने र जनता समक्ष विकासका कार्यहरु पुग्नु पर्ने बताएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको तर्फबाट बुथ सभापति राजकुमार प्रधान र गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट युवा मोर्चा खरसाङ महकुमा समितिको सभापति सत्यवान छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले बताए अनुसार भारतीय जनता पार्टी र गोर्खा जनमुक्ति मोर्चाको गठबन्धन दलले खरसाङको खण्ड विकास अधिकारीलाई भेटेर विभिन्न विकासको कार्यहरु कुनै धाँधलीबिना नै राम्रोसँगले जनता समक्ष पुग्नु पर्ने माग गरेको अनि राज्य र केन्द्रबाट आएका विभिन्न विकास कार्यहरु जनता समक्ष सठीक रुपमा पुग्नु पर्ने मांग गरेका छन्। यसको साथै खण्ड अन्तर्गत पर्ने स्थानहरुमा विकासको कार्यहरु राम्रोसितले हुनु पर्ने भन्दै रेखदेख कमिटी पनि जुन सामाजिक कार्य गर्न साथै चुनावको समयमा जुन गठबन्धन थियो, उक्त गठबन्धनको धर्म निभाउँदै यो कार्य गरेको जानकारी गराएका छन्। यसको साथै विकासको कार्यमा‌ पहिलाको जस्तै मनोपली नहोस् र विकासका कार्यहरु जनता समक्ष पुग्नु पर्ने माग खण्ड विकास अधिकारी समक्ष राखेको बताएका छन्।‌ यस अवसरमा युवा मोर्चा केन्द्रीय सह सचिव विकास खवास, केन्द्रीय सदस्य योगराज प्रधान लगायत भाजपा र गोजमुमोका पदाधिकारीहरु उपस्थित रहेका थिए।

About Author

Advertisement