लङभ्यु कमानको आन्दोलन यथावत्

IMG-20260728-WA0027

बकाया राशि नआएसम्म श्रमिक न्याय सम्भव छैन, केवल आश्वासनमा मात्र उभिएर अनशन तोड्न नसक्ने श्रमिकहरूको निर्णय

खरसाङ: लङभ्यू श्रमिक अनशनको ९६ दिन पुगेको छ। अहिलेसम्म अनशन शुरु भएदेखि १ करोड २८ लाख रुपियाँ हाजिरा अनि स्यालरीको पैसा जम्मा गरिएको छ।मालिकलाई ५ दिनको जेल भएको छ भने पीएफको पैसा भुक्तानी भने अहिलेसम्म भएको छैन। लङभ्यु कमानमा सोमवार दिन महकुमा शासक खरसाङको अगुवाइमा लङभ्यू भेलाकुप सार्वजनिक भवनमा सर्व ट्रेड युनियनको मिटिङ डाकिएको थियो। उक्त मिटिङमा खरसाङका विधायक सोनाम लामा पनि उपस्थित थिए। उनको अगुवाइमा मिटिङको मुख्य उद्देश्य नै मालिकलाई जेल हालिएको हुनाले साथै सरकारले लङभ्यु कमानका श्रमिकहरूको निम्ति काम गर्ने आश्वासन दिएर अनशन उठाउने आग्रह गरेका थिए। तर श्रमिकहरूको सामूहिक निर्णय अनुसार कुनै ठोस निर्णयबिना साथै पैसा भुक्तानी नभई केवल आश्वासनमा मात्र उँभिएर अनशन तोड्न नसकिने निर्णय लिए पश्चात् निरन्तर आन्दोलन चलिरहने निर्णय लिएका छन्। त्यससँगै, यो मालिकको नियतमा कुनै भरोसा नभएको जनाउँदै श्रमिकहरूले अनशन निरन्तर राख्ने निर्णय लिएका छन्। त्यसैले यो आन्दोलन यथावत रहँदै, ७२ घण्टाको १५औं चरणको भोक हड्ताल मंगलबारदेखि समाप्त हुँदैछ भने 3 जनाको श्रमिक टोलीले मंगलवारदेखि १६औं चरणको ७२ घण्टे अनशन शुरु गरे। जुन दिन मालिकले पीएफको पैसा ईपीएफओ अफिसमा जम्मा गरिदिने छ। त्यस दिन अनशन आफैं उठिहाल्नेछ भन्ने श्रमिकहरुको भनाई रहेको छ।
लङभ्यू चिया बगानका श्रमिकहरूले १२ करोड रुपियाँ पीएफ, ८४ लाख रुपैयाँ ग्राजुएटी, २० लाख रुपैयाँ एलटीए र बाँकी रहेको हाजिरा र वेतनसहितको भुक्तानीको माग गर्दै विरोध प्रदर्शन जारी राखेको छ। मंगलवार अनशनको ९६औं दिन पुगिसकेको छ। मालिक र सम्बन्धित श्रम तथा पीएफ विभागबाट पीएफ सम्बन्धी उचित प्रतिबद्धताको अभावका कारण, ७२ घण्टाको भोक हड्ताल जुन १३ बाट सुरु गरिएको हो। आज ७२ घण्टाको भोक हड्तालको १५औ चरण पूरा हुनेछ साथै लङभ्यूको साई मन्दिर परिसरमा ७२ घण्टाको भोक हड्तालको १६औं चरण जारी रहनेछ। स्मरण रहोस्, एक जना अनशनकारी श्रमिक मिना लकान्द्री हस्पताल भर्ती भएका छन्।
स्वास्थ्यकर्मीहरूले अनशनरतहरूको नियमित स्वास्थ्य जाँच गरिरहेका छन् र आवश्यक उपचार र अनुगमन गरिरहेका छन्। प्रदर्शनकारीहरूले सम्बन्धित पक्षहरूलाई आफ्ना जायज मागहरूलाई तुरुन्तै सम्बोधन साथै समाधान गर्न आग्रह गरेका छन्।

About Author

Advertisement