​कारगिल विजय दिवसमा मुख्यमन्त्रीद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

FB_IMG_1785082515621

गान्ताेक: सिकिमका मुख्यमन्त्री प्रेमसिंह तामाङले कारगिल विजय दिवसका अवसरमा कारगिल युद्धका अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
​मुख्यमन्त्रीले राज्य सरकार र सम्पूर्ण सिकिमेली जनताका तर्फबाट सन्देश जारी गर्दै राष्ट्रको सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि आफ्नो अद्भूत साहस, अदम्य सङ्कल्प र सर्वोच्च बलिदान दिने वीर योद्धाहरूको स्मरण गरेका छन्।
​सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश साझा गर्दै उनले भनेका छन्, “कारगिलका अमर सहिदहरूलाई सम्मान व्यक्त गर्दै हामी देशको सीमानामा रातदिन खटिएर निस्वार्थ सेवा र अतुलनीय समर्पणका साथ रक्षा गरिरहेका सशस्त्र बलका वीर जवानहरूप्रति पनि गहिरो कृतज्ञता व्यक्त गर्दछौँ।”
​जवानहरूको अद्भूत साहसले हरेक भारतीयलाई प्रेरित गर्ने र देशभक्ति तथा बलिदानको वास्तविक अर्थ सम्झाउने मुख्यमन्त्री गोलेले बताए। हाम्रा वीर सैनिकहरूको यो विरासतले राष्ट्रको एकता, शान्ति र सुरक्षालाई अझ सुदृढ बनाउने सङ्कल्पमा बल पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरेका छन्।

About Author

Advertisement