चेनरेजिग मूर्ति: सिक्किमको शान्ति, आस्था र सांस्कृतिक गौरवको प्रतीक: एसडीएफ

FB_IMG_1785084118090

ग्याल्छिङ: चेनरेजिग (करुणामयी बुद्ध) को विशाल मूर्ति पूर्व मुख्यमन्त्री श्री पवन चामलिङको दूरदर्शिता, अनुभव र सिक्किमको आध्यात्मिक तथा सांस्कृतिक धरोहर जोगाउने दृढ प्रतिबद्धताको एउटा बलियो प्रमाणका रूपमा स्थापित भएको छ।

सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का अनुसार यस्तो महत्त्वाकांक्षी परियोजनालाई साकार पार्न दीर्घकालीन योजना, दृढ नेतृत्व र साझा लक्ष्यका लागि जनता तथा स्रोत-साधनलाई सही दिशामा परिचालन गर्ने क्षमता आवश्यक परेको थियो। यस्ता विशाल र ऐतिहासिक परियोजनाहरू रातारात निर्माण नहुने बताउँदै पार्टीले यो वर्षौंसम्मको कुशल शासन, दूरदर्शिता र वर्तमानभन्दा अघिको सोच्न सक्ने सामर्थ्यको प्रतिफल भएको उल्लेख गरेको छ।
​सांस्कृतिक र धार्मिक पर्यटन प्रवर्द्धनका साथै सिक्किमलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन यस मूर्तिले महत्त्वपूर्ण भूमिका खेलेको एसडीएफको भनाइ छ।

About Author

Advertisement