कोलकाता: भारतको प्रमुख फेसन, ब्युटी तथा लाइफस्टाइल गन्तव्यहरूमध्ये एक मिंत्राले कोलकातामा विक्रेता-केन्द्रित कार्यक्रम ‘सेलर ग्रोथ कनेक्ट’ र एक समर्पित अनबोर्डिङ सत्रको आयोजना गरेको छ। चाडपर्वको पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य ४०० भन्दा बढी वर्तमान तथा उदीयमान विक्रेताहरू, क्षेत्रीय निर्माताहरू र ब्रान्ड मालिकहरूलाई मिन्ट्रा प्लेटफर्ममा भित्र्याउनु रहेको छ।
डिजिटल समावेशीकरण बढाउन डिजाइन गरिएको यस कार्यक्रममा सहर तथा पूर्वी भारतका फेसन, लाइफस्टाइल, पोशाक, हतकरघा र एसेसरिज विधाका विक्रेताहरूले सहभागिता जनाएका थिए। गत मे महिनामा सम्पन्न पहिलो संस्करणको सफलतालाई निरन्तरता दिँदै यस कार्यक्रमले क्षेत्रीय लघु, साना तथा मझौला उद्योगहरूलाई आगामी चाडपर्वको याममा देशभरिको माग पूरा गर्न प्रविधि, औजार, बजार सम्बन्धी जानकारी र आपूर्ति शृङ्खलाको पूर्वतयारी प्रदान गरेको छ।
मिंत्राले कोलकातामा आयोजना गरेको ‘सेलर ग्रोथ कनेक्ट’ को दोस्रो संस्करणमार्फत क्षेत्रीय उद्यमीहरूलाई प्लेटफर्ममा आबद्ध गराउँदै फुलिया, शान्तिपुर तथा बिष्णुपुर जस्ता परम्परागत हस्तकला क्लस्टरहरूलाई डिजिटल वाणिज्यको मद्दतले पहुँच बढाउन सहयोग पुर्याएको छ।
हाल पश्चिम बङ्गालका १७०० भन्दा बढी ब्रान्डहरू मिन्ट्राको सहयोगमा आफ्नो बजार विस्तार गर्दै तीव्र गतिमा अघि बढिरहेका छन्। व्यवसाय सञ्चालनमा सहजता ल्याउनका लागि मिंत्राले एआई-सञ्चालित सेलर ग्रोथ हब स्थापना गरेको छ, जसका कारण प्लेटफर्ममा नयाँ विक्रेता आबद्ध हुने समय १५ दिनबाट घटेर १ देखि २ दिनमा सीमित भएको छ। यस पहलले पूर्वी भारतका एमएसएमई र लाइफस्टाइल ब्रान्डहरूलाई देशभरका मिन्ट्राका ७५ मिलियन (७ करोड ५० लाख) भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरूसम्म पुर्याउन ठूलो भूमिका खेलेको छ।
यो अभियान यस क्षेत्रका उदीयमान व्यवसायहरूलाई आफ्नो पहुँच बढाउन, देशभर विस्तार हुन र मिंत्राको सरल एवं प्रविधि-मैत्री प्लेटफर्ममार्फत प्रगति गर्न सहयोग गर्ने प्रतिबद्धता अनुरूप सञ्चालन गरिएको हो।
कोलकाता र पूर्वी भारत देशकै सबैभन्दा जीवन्त उत्पादन तथा टेक्सटाइल हबहरूमध्ये पर्दछन्, जसले देशको फेसन पारिस्थितिकी प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। मिन्ट्रामा यस क्षेत्रका, विशेष गरी पश्चिम बङ्गालका ब्रान्डहरू ठूलो सङ्ख्यामा उपलब्ध छन्। यस क्षेत्रका पोशाक, व्यक्तिगत स्याहार र एसेसरिज विधाका १७०० ब्रान्डहरूले मिंत्राको मद्दतले देशभरका ग्राहकहरूको माग पूरा गरिरहेका छन्। यो प्लेटफर्मले फुलिया, शान्तिपुर, धनियाखाली र बिष्णुपुर जस्ता प्रतिष्ठित परम्परागत टेक्सटाइल क्लस्टरहरूलाई डिजिटल बजार प्रदान गरिरहेको छ, जसबाट तान्त साडी, बिष्णुपुरी सिल्क र ढाका जमदानी जस्ता परम्परागत हस्तकला देशभरका ग्राहकहरूका लागि उपलब्ध भइरहेका छन्। किसाह, वस्त्रमय, अपटाउनी, एफटीएक्स, डोल्से क्रुडो, मिस चेज, विशकेयर जस्ता ब्रान्डहरू र बङ्गाल लुम्स इन्डिया, बङ्गाल साडी उद्योग, आदि अक्षय एन्ड कम्पनी, वाग्मी, गौरी कलेक्सन जस्ता हतकरघा उद्योगहरू मिन्ट्राको सहयोगमा क्षेत्रीय कम्पनीबाट देशभर परिचित ब्रान्ड बन्न सफल भएका छन्।
उदीयमान ब्रान्डहरूलाई विकासका विभिन्न चरणहरूमा सहयोग पुर्याउन मिन्ट्राले एक व्यवस्थित र अद्वितीय प्रविधि-आधारित ‘ग्रोथ प्लेबुक’ तयार गरेको छ। यसले प्रकार चयन, नयाँ ट्रेन्डहरूको पूर्वानुमान, क्याटलग अप्टिमाइजेसन र मार्केटिङ समाधानबारे महत्त्वपूर्ण जानकारी प्रदान गर्दछ। यो प्लेबुकले उद्यमीहरूलाई विशेष ब्रान्डमा आधारित उपयोगी व्यावसायिक रूपरेखा प्रदान गर्दछ, जसले गर्दा उदीयमान ब्रान्डहरूले डेटामा आधारित शुद्धताका साथ डिजिटल वाणिज्यमा सफलता हासिल गर्न सकून्। विक्रेताहरूको सहज अनबोर्डिङ र डिजिटल क्षमता अभिवृद्धिका लागि मिंत्राले एआई-सञ्चालित ‘सेलर ग्रोथ हब’ को मद्दतले आफ्नो अनबोर्डिङ समय १० देखि १५ दिनबाट घटाएर १ देखि २ दिनमा ल्याएको छ। यो प्रविधिको पूर्वाधारले उदीयमान ब्रान्डहरूलाई दर्ता गर्न, क्याटलग सूचीकृत गर्न र देशभरका ग्राहकहरूसम्म तुरुन्तै पुग्न सक्षम बनाएको छ।
यस विषयमा मिंत्राका मार्केटप्लेसका सिनियर डाइरेक्टर वेदान्त दत्तले पश्चिम बङ्गालसहित पूर्वी भारतले हतकरघा, एथनिक वेयर, पोशाक र लाइफस्टाइल विधाहरूमा उद्यमी, व्यवसायी, निर्माता, कालिगड र ब्रान्डहरूको एक विशाल प्रणाली पेस गर्ने बताएका छन्। यस क्षेत्रमा विक्रेताहरूको विकासले ब्रान्डहरूको बढ्दो महत्त्वाकांक्षा दर्शाउने र उनीहरू आफ्ना उत्पादनहरूलाई परम्परागत बजारबाट निकालेर देशभर पुर्याउन चाहने उनले उल्लेख गरे। ‘सेलर ग्रोथ कनेक्ट’ मार्फत विक्रेता समुदायलाई सहयोग गर्दै उद्यमीहरूलाई बजार सम्बन्धी जानकारी, प्रविधि एवं ग्रोथ फ्रेमवर्क उपलब्ध गराएर मिंत्रा प्लेटफर्ममार्फत उनीहरूको पहुँच विस्तार गर्न सहयोग गरिरहेको उनको भनाइ छ।
विभिन्न बजारहरूमा फेसन र लाइफस्टाइल उत्पादनहरूको बढ्दो मागसँगै मिंत्राले क्षेत्रीय विक्रेताहरूको डिजिटल क्षमता बढाउन र देशभर एक प्रतिष्ठित ब्रान्ड बन्न सक्षम बनाउन निरन्तर लगानी गरिरहेको छ। ‘सेलर ग्रोथ कनेक्ट’ जस्ता कार्यक्रमहरूमार्फत मिन्ट्राले क्षेत्रीय विक्रेताहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै ब्रान्डहरूलाई भारतमा आफ्ना ७५ मिलियन (७ करोड ५० लाख) भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरूसम्म पुर्याइरहेको छ।
मिंत्राले व्यक्तिगत प्रविधि समाधानहरूमार्फत किनमेलको अनुभवलाई परिवर्तन गरिरहेको छ र यो सेवा हाल भारतका ९८ प्रतिशत पिनकोडहरूमा उपलब्ध छ।










