
याद छ पासा?
एकदिन उनले आफ्नो रगतले
यो भूमी चिल्लो परेर लिपेको
अब त सुकिसक्यो त्यो भूमि
तर मेटिएनन् तातो रगतका डामहरू।
याद छ पासा?
‘आमा म जाँदै छु‘ अन्तिम शब्द
तर कहाँ?उसलाई नै थाहा थिएन
ऊ गयो एउटा लामो यात्रामा
फेरी कहिल्यै नफर्कने गरी
याद छ पासा?
पुछिएपछि सिउँदो अनि फुटेपछि चुरा
भर्खरै बोली फुटेको छोराको दुधिले मुखले
‘बाबा काहा जानुभ?’ भन्ने प्रश्न सुन्दा
मुटुमा बज्रपात कस्तो परेको थियो
याद छ पासा?
सेतो कात्रो रातो भएको देख्दा
मुटु फुटेर आँखाबाट वर्षात झरेको बेला
मुटुकै टुक्रालाई काँधमा बोकी आफैले
पोल्न परेको बाउको विडम्बना कस्तो होला
याद छ पासा?









