सिक्किमको टनेल दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

FB_IMG_1784648039378

उद्धार कार्य तीव्र पार्न निर्देशन

गान्ताेक: सिक्किमको नाम्ची जिल्लास्थित समरदुङ, झोलुङ्गेमा निर्माणाधीन एनएचपीसी (एनएचपीसी) तिस्ता स्टेज-६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भयानक दुर्घटनाप्रति मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो दुःख व्यक्त गरेका छन्।
​सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै मुख्यमन्त्री तामाङले दुर्घटनामा ज्यान गुमाएका श्रमिकका परिवारजनप्रति हार्दिक संवेदना प्रकट गरेका छन्। दुःखको यस घडीमा सम्पूर्ण राज्यवासी शोकसन्तप्त परिवारको साथमा रहेको उनले बताएका छन्।
​मुख्यमन्त्री तामाङका अनुसार सुरुङभित्र थुनिएका बाँकी श्रमिकहरूको उद्धार तथा शव निकाल्नका लागि जिल्ला प्रशासन, सिक्किम राज्य आपदा प्रबंधन प्राधिकरण(एसएसडीएमए), सिक्किम पुलिस, एसडीआरएफ, फायर एंड इमरजेंसी सर्विसेस, पाक्याङ र सिलीगुडीका एनडीआरएफ टोलीका साथै अन्य विशेष एजेन्सीहरू निरन्तर खटिएका छन्। उनले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र उद्धार टोलीको समर्पण तथा साहसको प्रशंसा गरेका छन्।
​सम्बन्धित सबै निकायलाई उद्धार कार्य तीव्र पार्न, पीडित परिवारलाई हरसम्भव सहयोग पुर्‍याउन र उद्धारका क्रममा उच्च सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिइएको मुख्यमन्त्रीले जनाएका छन्। साथै, उनले सम्पूर्ण नागरिकलाई संयमित रहन, असत्यापित र भ्रामक सूचना नफैलाउन तथा प्रभावित श्रमिक र तिनका परिवारका लागि प्रार्थना गर्न अपिल गरेका छन्।

About Author

Advertisement