लर्डसमा शतकको साथ आलोचकहरूका मुखमा बुच्चो लगाए रोहित शर्माले

IMG-20260720-WA0100

नयाँ दिल्ली: भारतका पूर्व कप्तान रोहित शर्माले आइतवार लर्डसको ऐतिहासिक मैदानमा यादगार शतकको साथ आलोचकहरूलाई उचित जवाफ दिएका छन्। ईंग्ल्याण्डविरुद्ध तेस्रो वनडे म्याच अघिसम्म रोहितको अन्तर्राष्ट्रिय करियरलाई लिएर विभिन्न थरीको अड़कलबाजी चलिरहेको थियो। धेरैले त यसलाई उनको अन्तिम अन्तर्राष्ट्रिय म्याच हुन सक्ने पनि दावी गरेका थिए। मैदान बाहिरको हल्लाहरूलाई एक कुनामा पन्साएर रोहितले लर्डस वनडेमा शतकीय ईनिंग्सको साथ आलोचकहरूको मुखमा बुच्चो लगाउनको साथै उनको अहिले सन्न्यास लिने कुनै सोच नरहेको स्पष्ट गरेका छन्। म्याचमा रोहितले ११० बलमा १३८ रन बनाए। म्याचपछि एउटा साक्षात्कारमा रोहितले भने, मेरो काम ब्याटको साथ प्रदर्शन गर्नु हो। मैदानमा आउनु, खेल्नु अनि आफ्नो देशको प्रतिनिधित्व गर्नु नै मेरो लक्ष्य हो। पदार्पण पछि मलाई यही गर्नु भनिएको छ अनि म भविष्यमा पनि यही गर्न जारी राख्नेछु। मैदान बाहिर हुने शोर र आलोचनाहरूलाई खारेज गर्दै उनले भने, मैले पदार्पण गरेदेखि नै यो शोर रहेको छ। मैले खेल्न जारी राखुञ्जेलसम्म यो शोर जारी रहनेछ। यसले मलाई खासै फरक पनि पर्दैन। मैदानमा के गर्छु भन्ने नै मेरो निम्ति महत्त्वपूर्ण छ। मेरो पूरा ध्यान टीमको सफलतामा योगदान दिनुमा रहन्छ। लगातार चर्चा र दबाउबारे प्रश्न गरिँदै रोहितले आफ्नो चीरपरिचित मिजासमा भने, शोर नभए मजा पनि आउनेछैन। मेरो काम मैदान भित्र हुन्छ अनि उनीहरू (आलोचकहरूको)-को मैदान बाहिर। म यसलाई यसरी हेर्छु। बाहिरको चर्चाहरूले मलाई कुनै फरक पर्दैन। उल्लेखनीय छ, रोहितले आफ्नो वनडे करियरको ३४औं शतक बनाए पनि म्याचमा भारतले २७ रनले हारको सामना गर्नु पऱ्यो। यस हारको साथ भारतले ३ वटा म्याचको सीरीज पनि १-२-ले गुमायो। रोहितले टीमको प्रदर्शनमाथि निराशा व्यक्त गर्दै भने, नतीजाले सामान्य निराशा भयो कारण मेरो विचारमा हामीले असल क्रिकेट खेलेका थियौं। बर्मिंघममा हामीले असल शुरुवात गरेका थियौं तर कार्डिफमा ब्याटको साथ असल प्रदर्शन गर्न सकेनौं। लर्डसमा हामी समक्ष विशाल लक्ष्य थियो। ब्याटको साथ हामीले आफ्नो सर्वश्रेष्ठ प्रयास गऱ्यौं तर अन्तमा २०-२५ रन पछि रह्यौं। यसबाहेक बलिंगबारे धेर कुरा गर्न सक्दैनौं कारण यी खेलाड़ीहरूले धेर वनडे म्याच खेलेका छैनन्। उनीहरूलाई समय दिनु पर्नेछ। उनीहरूले यस नतीजाबाट शिक्षा लिएर भविष्यमा यस्ता परिस्थितिहरूमा असल प्रदर्शन गर्ने आशा छ।

About Author

Advertisement