११औँ सिक्किम विधानसभाको बजेट अधिवेशन सुरु

FB_IMG_1784536128374

मुख्यमन्त्री तामाङद्वारा सहभागिता

गान्तोक: ११औँ सिक्किम विधानसभाको चौथो सत्र (दोस्रो भाग) अन्तर्गत वित्तीय वर्ष २०२६–२७ को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ। अधिवेशनमा भाग लिन सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ विधानसभा सचिवालय पुग्नुभएको छ।
​सचिवालय आगमनका क्रममा मुख्यमन्त्री तामाङलाई संसदीय मामिला मन्त्री राजु बस्नेत, विधानसभा सचिव तथा अन्य उच्च अधिकारीहरूले भव्य स्वागत गरेका थिए।

​बजेट अधिवेशनमा सहभागी हुनुअघि मुख्यमन्त्री तामाङले विधानसभा सचिवालयस्थित कार्यकक्षमा सभामुख एम. एन. शेर्पा र उपसभामुख राजकुमारी थापासँग शिष्टाचार भेटघाट गर्नुभएको थियो। भेटका क्रममा उहाँहरूबीच सदनको कार्यसूची र सञ्चालन प्रक्रियाबारे संक्षिप्त छलफल समेत भएको जनाइएको छ।
​सदनको कारबाही प्रारम्भ भएसँगै मुख्यमन्त्री तामाङले सिक्किम र सिक्किमेली जनताको कल्याण, प्रगति एवं समृद्धिका लागि पूर्ण जिम्मेवारी र समर्पणका साथ सदनका छलफलहरूमा अर्थपूर्ण योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

About Author

Advertisement