खरसाङ: पवित्र श्रावण महिनाको निम्ति खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोलास्थित शिव मन्दिरमा शिव मन्दिर सरंक्षण समितिको तर्फबाट सम्पूर्ण भक्तजनलाई स्वागत जनाएका छन्। प्रत्येक वर्ष झैं महाकाल सेवा समितिको तर्फबाट यसपाली पनि शिवखोलास्थित शिव मन्दिरमा निःशुल्क भण्डारा लगाइएको जानकारी प्राप्त भएको छ। यसपाली पनि शिवखोलामा रहेको प्रसिद्ध शिव मन्दिरमा शिव भक्तहरु र पानी चढाउन आउने भक्तजनको सुविधाको लागि विभिन्न व्यवस्थाहरु मिलाइएको जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै शिवखोला मन्दिर संरक्षण समितिका सभापति सदन लामा, सचिव निरेन लामा र प्रवक्ता दिवस वाईबाले जानकारी गराउँदै श्रावण महिना शुरु भएकोले सम्पूर्ण भक्तजनको लागि शिव मन्दिर सजाएर राखिएको र सबै भक्तजनलाई अनुशासनबध्द भएर आएर पूजा अर्चना गरिदिने र पानी चढाउने आह्वान् गरेका छन्।
यसको साथै प्रवक्ता दिवस वाईबाले सबै भक्तजनलाई श्रावणको शुभकामना व्यक्त गरेका छन्।










