दार्जिलिङ: दार्जिलिङका लोकसभा सांसद राजु विष्टले नेपालीहरूको मौलिक चाड साउने सङ्क्रान्तिको पावन अवसरमा सम्पूर्ण आम नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश साझा गर्दै सांसद विष्टले साउने सङ्क्रान्तिलाई बर्खा यामको मध्य विन्दु, हरियालीको उत्सव, प्रकृतिको आराधना, र धरतीप्रति कृतज्ञता ज्ञापन गर्ने विशेष दिनको रूपमा चित्रण गर्नुभएको छ।
सांसद विष्टले यस पर्वले सबैको जीवनमा नयाँ ऊर्जा, अपार माया, र अथाह सफलता ल्याओस् भन्ने कामना गर्नुभएको छ। साथै, उहाँले सबैको जीवन सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यले भरिपूर्ण भई जीवन थप फक्रियोस् र महकियोस् भन्दै आत्मीय मंगलमय शुभकामना प्रकट गर्नुभएको छ।









