खरसाङ: खरसाङ ब्याडमिन्टन एसोसिएसनका वरिष्ठ सदस्य तथा पश्चिम बंगाल सरकार, खाद्य तथा आपूर्ति विभागका सह-निदेशक वाङ्गेल योञ्जनको असामायिक निधनमा श्रद्धाञ्जली अनि शोक व्यक्त गर्दै खरसाङ ब्याडमिन्टन एसोसिएसनद्वारा खरसाङको पार्क लोकेसनस्थित केबीए हलमा एउटा शोक सभाको आयोजना गरियो। संस्थाका वरिष्ठ सदस्य हिरेन त्रिखत्रीले स्वर्गीय वाङगेल योञ्जन कोलकातामा कार्यरत थिए अनि त्यहीँ उनको निधन भएको जानकारी दिए। यसैगरी वरिष्ठ सल्लाहकार शुभ्र रूम्बा अनि सचिव दावा भूटियाले स्वर्गीय वाङगेल योञ्जनको निधनले संस्थालाई अपूरणीय क्षति पुगेको बताउँदै उपस्थित सबै सदस्यहरूले एक मिनटको मौन धारण गरेर स्वर्गीय योञ्जनलाई श्रद्धाञ्जली अर्पण गरे भनी संस्थाका मिडिया संयोजक बृज कमल राईले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्।









