ऑनलाइन गेमिङ एपमार्फत प्रलोभनमा पारिएका दुई नेपालीभाषी बालिकाको उद्धार

3ca5a13d-0fe5-4391-b518-586c61bf9ee3

सिलगढी: अनलाइन गेमिङ प्लेटफर्ममार्फत प्रलोभनमा पारेर वैदेशिक रोजगारी वा अन्य उद्देश्यका लागि लैजान लागिएका दुई नाबालिग बालिकालाई न्यु जलपाईगुडी (एनजेपी) प्रहरीले उद्धार गरेको छ।
​मङ्गलबार (१४ जुलाई २०२६) प्राप्त विशेष सूचनाका आधारमा प्रहरीले एनजेपी थाना क्षेत्रअन्तर्गत पर्ने नौकाघाट मोडबाट ११ र १२ वर्षीया दुई बालिकाको सकुशल उद्धार गरेको सिलिगुडी पुलिस कमिस्नरेटले जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार उद्धार गरिएका बालिकाहरू पश्चिम बङ्गालकै मालदा जिल्लाका बासिन्दा हुन्।
​पुलिसका अनुसार ती बालिकाहरूलाई केही समयदेखि अनलाइन गेमिङ एपमार्फत गिरोहले आफ्नो जालमा पारेको थियो। उनीहरूलाई अनलाइन माध्यमबाटै एउटा विदेशी भाषाको तालिमसमेत दिइँदै आएको र विदेश लैजाने प्रलोभनमा पारेर ‘ग्रुमिङ’ (प्रभावमा पार्ने काम) भइरहेको पुलिसको भनाइ छ।
​घटनाको गम्भीरतालाई हेर्दै सिलिगुडी महानगर पुलिसले सम्बन्धित थानाको विशेष अनुसन्धान टोली (आईटी) लाई जिम्मेवारी सुम्पेको छ। बालिकाहरूलाई कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित टोलीको जिम्मा लगाइएको छ भने घटनामा संलग्न गिरोहको खोजी भइरहेको छ।
​यसैबीच, सिलगढी पुलिस कमिस्नरेटले बालबालिकाको सुरक्षाप्रति सजग रहेको बताउँदै आफ्ना बालकालिकाले इन्टरनेट र मोबाइलमा गर्ने गतिविधिमाथि कडा निगरानी राख्न अभिभावकहरूलाई अपिल गरेको छ। कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा ढिला नगरी नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न पुलिसले आग्रह गरेको छ।

About Author

Advertisement